हाम्रो बारेमा

shreenagarfm

श्रीनगर एफ.एम. प्रा.लि, तानसेन पाल्पा

सुन्दर पहाडी नगर तानसेन पाल्पाबाट पहिलो पटक व्यवसायीक रेडियोको रुपमा श्रीनगर एफ.एम.९३.२ मेगाहर्जले २०६० चैत्र १३ गते देखि प्रविधि प्रशारण र २०६१ बैशाख २८ गते परिक्षण प्रशारण शुरु गर्‍यो । विभिन्न ज्ञानबद्र्धक, सुचनामूलक,शिक्षामुलक, चेतनामूलक, मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रशारण गर्ने उद्देश्यले विहानीको सुर्योदय देखि मध्यरातसम्म १८ घण्टा ९३.२ मेगाहर्जमा प्रसारण हुदै आएको छ । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयबाट ५०० वाटको ट्रान्समिटर क्षमताको स्वीकृती पाई प्रसारण आरम्भ गरेको यो एफ.एम.ले बिगत १० बर्ष देखि आफ्नो क्षमतामा वृद्धि गरी १००० वाट पुर्‍याएको छ । यस एफ.एम मध्यमाञ्चल, मध्यपश्चिमाञ्चलका केही जिल्लाहरु र पश्चिमाञ्चलका म्याग्दी, मुस्ताङ, वाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहु, लमजुङ, गोरखा, मनाङ, मुस्ताङ्ग, नवलपरासी, रुपन्देही , कपिलवस्तु, गुल्मी, अर्घाखाची, पाल्पा लगायत मित्रराष्ट्र भारतको सीमाक्षेत्रहरु तथा गोरखपुरसम्म प्रष्ट सुन्न सकिन्छ । सुरुवाट बाटै श्रीनगर एफ, एम ईन्टरनेट अनलाइनमा समेत रहेकाले www.shreenagarfm.com मार्फत ससार भर सुन्न र समाचार पढ्न   सकिन्छ ।

समाचार तथा कार्यक्रमहरु

हामीले स्थापना कालदेखि नै सुचना,शिक्षा ,मनोरन्जन लगाएतका बिषयलाई केन्द्रित गर्दै समाचार तथा कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आएका छौ । बिशेषत स्थानिय तह जिल्ला,क्षेत्र र केन्द्रमा भए गरेका गतिबिधिहरुलाई समेटेर श्रीनगर हाईलाईट मार्फत बिहान ७:३० बाट घण्टा घण्टामा समाचार प्रसारण गर्दै आएका छौ । स्थानिय समाचारको लागी बिहान ६:३० र बेलुकी ६:३० बजे स्थानिय गतिबिधि प्रशारण गरिरहेका छौ ।
साथै केन्द्र र जिल्ला समेट्न बिहान ६ बजे कायाकैरन, ७: १५ बिबिसि बिहानी सेवा, बिहान ९ बजे,  दिउसो १२ , दिउसो ३ बजे, बेलुकी ६ बजे नेपाल खबर प्रसाारण गरेका छौ ।
बेलुकी ८ बजे नेपाल दर्पण, ८: ४५ मा बिबिसि नेपाली सेवा श्रीनगर एफ,एम बाट प्रशारण भैरहेको छ ।
लोकतान्त्रिक आन्दोलनमा जनताका बिचारहरुलाई प्राथमिकता दिदै पछिल्लो समयमा संबिधान निर्माण, संघियता र शान्तिप्रकृयालाई टेवा पुर्याउने खालका बिषय बस्तुमा केन्द्रित रहेकोमा अहिले संबिधान कार्यान्वयनका सन्र्दभमा कार्यक्रम र छलफललाई फोकस गरेका छौ ।
बिहान ५ बजे बाट ११ बजे सम्म एफ, एम प्रशारण गर्दा जिल्लाको भौगोलिक अबस्था, जातिय पहिचान,संस्कृती,रहनसहन तथा धार्मिक र पर्यटकिय अबस्थाको बारेमा हामी हाम्रा समाचार तथा कार्यक्रममा समाबेश गरेका छौ । युवा, कृषि र समाजका बिकृति र बिसंगतीका बिरुद्ध आवाज उठाउदै सकारात्मक कार्यको हामीले सबै सर्मथन गरीरहेका छौ ।
पछिल्लो समय भैरहेको दैबिक प्रकोप, बाढी पहिरो, आगालागी, भुकम्प, चट्याङ्ग लगाएतका मानबिय जिबन संग प्रतक्ष्य सरोकार राख्ने बिषय बस्तुहरुमा सामाजिक चेतना जगाउदै  सुचना, शिक्षा र मनोरञ्जन दिलाउन हामी सधै प्रयासरत छौ ।
देउरालीको सुसेलीबाट परिचित पश्चिम नेपालको शसक्तm प्रसारणको माध्यम बनेको श्रीनगर एफ,एम जनताको सुझाब र अपेक्षा अनुसार संचालन भैरहेको छ ।

थप जानकारीको लागी

श्रीनगर एफ,एम ९३ दशमलब २ मेगाहर्ज
तानसेन ७ कैलाशनगर पाल्पा
पोष्ट बक्स नं: १८
फोन ०७५— ५२१७३२,५२१६६०
ईमेल : shreenagarnews@gmail.com

shreenagarfm@yahoo.com

www.shreenagarfm.com

 


अध्यक्ष : भिमसेन कार्की
मोबाईल : ९८५७०६०३०५


स्टेशन म्यानेजर : देब पचभैया
मोबाईल ९८४७१०३४३२,९७४७०४६३१३


       तपाईको एफ. एम. मेरो एफ. एम. हामी सबैको एफ. एम. श्रीनगर एफ. एम.

 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal