राजश्व संकलनमा ईलाका प्रहरी

shreenagarfm

पोषकान्त पोखरेल
बुटवल, भनिन्छ, जहाँ असल नेतृत्वले राज गर्दछ, त्यहाँको समृद्धि अवश्य हुन्छ । त्यस्तै असल नेतृत्व पाएर अहिले सरकारी कोषमा रकमको बृद्धि तथा समाजमा शान्तिको अभास दिन, दिन प्रतिदिन सफल भएको छ, ईलाका प्रहरी कार्यालय दयानगर छपिया रुपन्देही । गत मंसिरमा सरुवा भई आएका प्रहरी निरीक्षक भोजराज पाण्डेको नेतृत्वले उक्त ईलाका प्रहरी कार्यालय सम्हाल्ने अवसर पाएपछि अहिले प्रहरीबाट पाउने हरेक प्रकारका सेवा सुविधा छिटो र छरितो रुपमा पाईएको छ भने, खुसी छन् दयानगर, पश्चिम अमुवा, मानपकडी, मानमटेरिया र फर्साटिकर पाँच गाविसका सर्वसाधारणहरु । 
विगत १७ वर्ष देखि प्रहरी सेवामा लागेका यी युवा प्रहरी निरीक्षक पाण्डे एउटा प्रहरी मात्र नभएर सचेतक तथा जन–चेतनाका पात्र समेत बन्न सफल भएको प.अमुवाका एक स्थानीय राजिव क्षेत्रीले बताउँछन् । मास्टर (डिग्री) पास गरिसकेका कुशल कार्यले गर्दा पाण्डेले दुई–दुई पटक सम्म शान्ति सेनामा जाने अवसर समेत प्राप्त गरेका छन् । पछिल्लो समयमा उनी आफ्नै नेतृत्वमा अबैध मदिराको मिसन लागेर चर्चा बटुल्न सफल भएका छन् भने, आठ महिनाको कार्यकाल अन्य धेरै समाजलाई आवश्यक कार्यहरु राम्रोलाई ताली नराम्रोलाई गाली भन्ने नेपाली पौराणिक कथनका तालिको भागिदार सम्म हुने अवसर प्राप्त गरेका छन् । पाण्डेको नेतृत्व सँगैको आठ महिने प्रगती विवरणलाई हेर्दा ईलाका प्रहरी कार्यलय छपियाले ३७ ट्याक्टर, चार टिप्पर, एक स्काभेटरलाई अबैध रुपमा नदिजन्य बस्तुहरुको चोरी निकासी गरी बिक्री वितरण गर्दै गर्दा पक्राउ गरेर जिविसमा पठाएका छन् भने, जसबाट राज्यलाई दश लाख ६५ हजार राजश्व संकलनमा योगदान दिएको छ । त्यसैगरी सवारी सम्बन्धी मापसे चेकिङ लगायत ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीलाई जिम्मा लगाई जरिवाना वापत दुई लाख ९० हजार राजश्व संकलनमा योगदान दिएको छ ताकि आर्थिक वर्ष २०७१÷०७२ को एक वर्ष र ०७२÷७३ को पाँच महिनामा जम्मा तीन वटा मात्र कारवाही भएर चलान गरिएको तथ्याङ्कहरु देखाउँछन् । 
आर्थिक वर्ष ०७१÷०७२ मा दुई सय ८३ वटा घरेलु तथा महिला हिंसा सम्बन्धी निवेदनहरु परेकोमा पाण्डेको आठ महिने कार्यकालमा जम्मा ९० वटा हिंसाका निवेदनहरु परेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने ईलाका प्रहरी कार्यालय छपियाको स्थापना भए देखि हाल सम्मकै सबै भन्दा सर्वोउत्कृष्ट कार्यहरुमा गनिन्छ ।  
प्रत्येक पटक अपराधी पक्राउ गर्दा र अबैधानिक कार्यलाई रंगेहात पक्रन सफल हुँदा स्थानियहरुको रोहवर आधा÷एक घण्टा उक्त अबैध कार्यको बारेमा पशिक्षण दिई जनचेतना जगाउनुले ईलाका प्रहरी कार्यालय छपियाले हेर्ने पाँच गाविसमा अनैतिक कार्यहरु ५० प्रतिशत भन्दा बढी कम भएको स्थानीयहरुको भनाई छ । उच्च शिक्षा लामो अनुभव, तथा युवा जोश बोकेका पाण्डेले बढ्दो साईबर क्राईमलाई रोक्न साउनमा पाँच गाविसका कक्षा ८, ९, १०, का विद्यार्थीहरुलाई  साईबर क्राईमको विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेर जनचेतना फैलाउने योजना रहेको बताउँछन् । 
अपराधिक गतिविधीहरुलाई निर्मूल गर्न भेला बोलाएर आफै प्रशिक्षण दिन माहिर पाण्डेको नेतृत्वले कार्यालयको नक्सा नै बदललि दिएर नयाँ रौनक भित्र्याएको प्रहरी जवानहरु बताउँछन् । उनीहरुले भने–पाण्डे सर आएपछि धेरै राम्रो भएको छ सबै खुसी छन् र छौं । आठ महिना अगाडी कार्यालयको बाउन्ड्री समेत थिएन, चारै तिर पानी जम्ने खाल्डाखाल्डीहरु मात्र थिए, हालको गेटमा पहाडमा हुने बाँसको तुवालो जस्तै थियो । अहिले सबै परिवर्तन भएर राम्रो भएको छ । छेउछाउमा लगाईएका अशोकाका बोटहरुले आगामी चार÷पाँच वर्षमा कार्यालयको हरियाली बनाएर कार्यालयको आकर्षणलाई नै नयाँ मोड दिन्छ । उहाँको मेरो सरुवा भएर के भो र ! मैले गरेको कामको फल पछि आउनेले त लिन पाउँछन् कमसेकम फलानो निरीक्षकको पालामा भएको काम भन्ने प्रशंसा लिन पाउनु नै मेरो उपलब्धी हो भन्नु आकर्षित एजेण्डा हो ।  
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal