दिदीको हत्या गर्ने भार्ईले भने उसलाई मार्दै छु भन्ने थाहा थिएन

shreenagarfm

 
साउन ३, पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या आरोपमा उनका भाई पक्रउ परेका छन् । पाकिस्तान प्रहरीले कन्दिलको हत्या गर्ने उनका भाइ वसिम बलोचलाई शनिबार राती पक्राउ गरेको हो । वसिमले प्रहरीको उपस्थितिमा आइतबार भएको पत्रकार सम्मेलनमा आफूले कन्दिलको घाँटी थिचेर हत्या गरेको बताए । शनिबार घरमा नै कन्दिलको घाँटी थिचेर हत्या गरेको वसिमले बताए । 
बलोच परिवारको अपमानित गरेकाले कन्दिलको हत्या गरेको वसिमले बताए । कन्दिल माथि मोडलिङ पेशा छोड्न दाबाव परेको थियो । कन्दिलले सामाजिक संञ्जालमा विभिन्न पोजका बोल्ड तस्विर तथा भिडियो पेस्त गर्ने गरेकी थिईन् । यसले गर्दा उनी पाकिस्तानकी सेलिब्रेटी बनेकी थिईन् । प्रहरीले वसिमको भनाई उदृद्ध गर्दै कन्दिललाई वसिमले मार्दै छन् भन्ने नै थाहा भएको बतायो ।
 वसिमले प्रहरीसंग भने उसलाई मैले मर्दै छु भन्ने नै थाहा थिएन, पहिले ट्याबलेट दिएँ अनि घाँटी थिचेर हत्या गरे । पक्राउ परेपछि वसिमले भने मलाई उसको हत्या गरेको मा कुनै पनि पछुतो छैन्, हामी बलोच हौ, बलोच भएकाले किन्दलको जस्तो व्यावहार सहन सक्दैनौ । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal