पूर्व युवराज्ञी पनि फेसन शो मा

shreenagarfm

काठमाडौं, साउन १३
विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह फेसन शोमा सहभागि हुने भएकी छन् । हिमानी ट्रस्ट मार्फत विविध सहयोग एवम् सेवागर्दै आएकी हिमानी द ओरियन फेसन शो–२०१६ मा सहभागी हुने भएकी हुन् । उनलाई प्रमुख अतिथीको रुपमा सहभागी गराईने भएको हो ।
११ वर्षदेखि सञ्चालनमा रहेकोे ओरियल बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले  द ओरियन फेसन शो–२०१६ गर्न लागेको हो । अश्विनी झाले कोरियोग्राफी गर्ने फेसन शोमा श्वेता खड्का, अशिष्मा नकर्मी, सम्पदा बानियाँ, नीता ढुंगाना लगायतका नायिकाहरुसँगै १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् । कार्यक्रमबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ १० गते शुक्रबार आर्मी अफिसर्स क्लबमा फेसन शो आयोजना गरिने जानकारी गराइएको छ ।
कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर–किशोरी, बेबी लाइफ होममा आश्रित एचआईभी पीडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal