क्याप इन्टर स्कुल टी–२० टुनामेन्ट २०७३ क्रिकेट प्रतियोगिता सुरु
पाल्पा, साउन १६
जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा शनिबार देखि तानसेनमा क्याप इन्टर स्कुल टी–२० टुनामेन्ट २०७३ क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगीतामा जिल्लाका सरकारी विद्यालय तथा निजी विद्यालयका गरी पुरुषमा १३ समुह र महिला ७ समुहको सहभागीता रहेको छ । न्यू होराईजन उच्च माध्यमिक विद्यालय, प्रशान्ति इङ्लिस बोर्डिङ्ग स्कुल, देववाणी साधारण तथा संस्कृत विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय, बृन्दावन एकेडेमी, सेनकपितानियो, पोलस्टार बोर्डिङ्ग स्कुल, प्रिपेटोरी बोर्डिङ्ग स्कुल, बेथल बोर्डिङ्ग स्कुल, जनता उच्च माध्यमिक विद्यालय, पाल्पा आवासिय उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुको खेलमा सहभागिता रहेको छ ।
शनिबारको खेलमा प्रिपेटोरी बोर्डिङ्ग स्कुल र सेनकपितानियो बीचको खेलामा ६ विकेटल ेप्रिपेटोरी बोर्डिङ्ग स्कुल विज्याता भएको छ । त्यस्तै पाल्पा आवासिय उच्च माध्यमिक विद्यालय र जनता उच्च माध्यमिक विद्यालय बीचको खेलमा जनता उच्च माध्यमिक विद्यालय विज्यता भएको छ ।
२३ गते फाईनल राउण्डको प्रतियोगिता हुने आयोजकले जनाएको छ ।