काश्मिर तनाव, एक खर्बको नोक्सानी

shreenagarfm

कार्तिक ५ गएको जुलाई ८ मा हिज्बुल मुजाहिदिनका कमाण्डर बुरहान वानीको प्रहरी कारबाहीमा ज्यान गएपछि काश्मिरमा हिंसा भड्किएको छ । भारतको जम्मु–काश्मिरमा गएको तीन महिनादेखि अवस्था तनावग्रस्त हो । गएको जुलाई ८ मा हिज्बुल मुजाहिदिनका कमाण्डर बुरहान वानीको प्रहरी कारबाहीमा ज्यान गएपछि काश्मिरमा हिंसा भड्किएको हो । 
 
त्यसयता काश्मिरमा लगातार कर्फ्यु लागेको छ । लगातारको कर्फ्यु र हिंसाका कारण जनजीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । जुलाई ८ यता भएका भिडन्त तथा हिंसात्मक घटनामा ९० भन्दा धेरै मानिसको ज्यान गएको छ । ठूलो संख्यामा मानिसहरु पक्राउ परेका छन् भने धेरैलाई नजरबन्दमा राखिएको छ । अवस्था सुधार हुनुको साटो थप तनावग्रस्त बन्दै गएको छ । वार्ताको प्रयास निरन्तर असफल भएका छन् । सुरक्षाकर्मी तथा प्रदर्शनकारी दुवै तर्फ संयमता गुम्दै गएको विश्लेषकले बताएका छन् ।
 काश्मिरको विषयलाई नै लिएर भारत र पाकिस्तानबिचको तनाव उत्कर्षमा पुगेको छ । लगातारको हिंसा तथा कर्फ्युका कारण काश्मिरको आर्थिक गतिविधि ठप्प प्रायः भएको त्यहाँका व्यवसायीले बताएका छन् । लगातारको हिंसाको प्रभाव सबैभन्दा बढी पर्यटन क्षेत्रमा परेको छ । सामान्य अवस्थामा दैनिक १० हजार पर्यटक पुग्ने काश्मिरमा अहिले पर्यटकको संख्या लगभग शून्य प्रायः छ ।
यसले गर्दा तीन महिनामा एक खर्ब भारतीय रुपैया“को नोक्सानी भएको काश्मिर चेम्बर अफ कमर्सले जनाएको छ । तनावकै कारण काश्मिरका विद्यालय लामो समयदेखि बन्द छन् । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal