अदुवा व्यवसायको सम्भावना, अवसर र चुनौती

shreenagarfm

१ . परिचय
अदुवा खाई सभा बस्नुु भन्ने भनाइले पनि अदुवाको गरिमा र महत्त्व कस्तो छ भन्ने कुरा  दर्शाउ“दछ । अदुवा वाली हाम्रो देशका एक नगदे वाली हो । नेपालमा अदुवा खेती परापूर्व कालदेखि गरिएको भए तापनि व्यवसायिक रुपमा यसको उत्पादन विगत ढेड दशक देखि सुरु भएको मानिन्छ । यस बालीको खेति प्राय सबै मध्य पहाडी जिल्लाहरुमा  गरिने भए तापनि ईलाम, मकवानपुर, पाल्पा, स्याङजा, गुल्मी , सल्यान लगायत ३८ जिल्लाहरु व्यवसायिक रुपमा अदुवा उत्पादन गरिने जिल्लाहरुमा पर्दछन् । कृषकहरूमा उन्नत खेती प्रविधि , भण्डारन तथा प्रशोधन सम्बन्धी ज्ञान तथा सीपको प्रयाप्त जानकारी नहु“दा परम्परागत खेती प्रविधि अपनाउदै आईरहेको र बजार  व्यवथापनको  अभावले  उचित मूल्य पाउन सकि रहेको छैन । जसले गर्दा यसको खेतीबाट कृषकहरूले  लिन सक्ने जति फाइदा लिन सकिरहेका छैनन् । यदि यस  बालीमा देखिएका सबै खाले समस्याहरू निराकरण गर्ने उपाय सोच्ने हो भने अदुवा  खेती नेपालको  आम्दानीको राम्रो  स्रोत बन्न सक्ने ठहर गरी यस अवस्थालाई ध्यान दिई विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु अदुवा उत्पादन तथा बजार व्यवस्थापन कार्य जुटिरहेको छन् ।नेपालमा उत्पादन हुने नगदै बाली मध्य अदुवा  खेतीको  महत्वपुर्ण  योगदान रहेको छ । अदुवा  खेतीले नेपालको गरिवी न्यूनीकरणमा  महत्व योगदान पु¥याएको छ । यहा“को उपयुक्त हावापानी र बाली प्रणलीका कारण महत्वपूर्ण स्थान ओगटेको अदुवाबालीको उत्पादन  तथा  बजारको ठूलो सम्भावना रहेको छ ।
२. अदुवाको प्रयोग 
म्सला, औषधि र बास्नाको रुपमा बिस्कुट , पाउरोटी, केक, मासू प्रशोधन, वियर, मदिरा सर्वत, जामको साथै विभिन्न किसिमका अचार र क्याण्डी बनाउनमा समेत प्रयोग गरिने अदुवा बालीको खेत ीगर्ने प्रचलन इण्डो वर्मीज क्षेत्र वा दक्षिण  एसियाको भारत र बर्माको सिमानाबाट सुरु भई यसै क्षेत्रबाट व्यापकता पाएको विश्वास गरिएको छ । अदुवाको वनस्पतिक नाम यााअष्लबभिल पनि औषधिलाई नै संकेत      गर्दछ । आयुर्वेदिक औषधिमा  कूनै न कूनै रुपमा अदुवाको  अंश रहेको हून्छ भनिएको छ । एसियामा कच्चा अदुवा  मसलाको रुपमा निकै प्रयोग हुन्छ भने  पश्चिमी  देशहरुमा  सुठोको रुपमा प्रयोग हुन्छ । 
अदुवाबाट  निकालिएको तेल अत्तर र  औषधि बनाउन प्रयोग  गरिन्छ भने अपच, पेट दुख्ने, बान्ता आउने र खोकी जस्ता रोग कम  गर्न अदुवाले सहयोग  पु¥याउदछ ।  अदूवा औषधि मात्र नभई उच्च स्तरीय एवम् स्वाद बर्धक मसलाको रुपमा पनि प्रख्यात छ । संसारका प्रमुख  अदुवा उत्पादन देशमा नेपाल , चीन , पाकिस्तान, भारत, ताईवान  मलेशिया, थाईलेण्ड,फिलिपिन्स, इण्डोनेशिया, अष्ट्रेलिया , मौरीसस ,जमैका र नाईजेरिया पर्दछन् ।
३. नेपालमा अदुवा उत्पादनको अवस्था 
नेपाल अदुवा उत्पादनमा चाइना र भारत पछि तेस्रो मुलकको रुपमा रहेको छ । प्रत्येक अदुवा उत्पादन किसानको उत्पादन हेर्ने हो भने २.७५ रोपनी क्षेत्रफलमा अदुवा खती गरेको पाईन्छ । नेपालमा १८०४२ हेक्टर जमिनमा २१०९० मेट्रिक टन उत्पादन भएको पाइन्छ । त्यसै  गरि पश्चिमाञ्चल क्षेत्रमा ५३०९ (२९.४ प्रतिशत )  हेक्टर जमिनमा ५२५८४(२४.९ प्रतिशत ) मेट्रिक टन  उत्पादन भएको देखिन्छ । नेपालमा उत्पादित कूल  नगदेबालीको करीव ३.७५ प्रतिशत  अदुवा बालीले ओगटेको छ । 
४ं. पाल्पा जिल्लामा अदुवा खेतीको विकास क्रम 
अदुवा खेतीले पाल्लाको आर्थिक, सामाजिक विकासमा समेत महत्त्वपूर्ण  योगदान पुराएको छ । यसको नामसंग परिचित हुनेमा  गरीव, धनी, केटाकेटी, बुढाबुढी सबै रहेका छन् । यसको प्रयोग दैनिक मसलाको रुपमा , तरकारी दाल चिया सागसव्जीमा ताजा  अदुवा प्रयोग गरिन्छ  भने यसलाई प्रशोधन गरी ज्यादै महत्वपूर्ण खाद्य पदार्थ तथा औषधिको रुपमा प्रयोग गरिन्छ । अदुवा  उत्पादनको दृष्टिले दुई किसिमको रहेको छ । पहिलो बाेंसे अदुवा जसमा नशा नभएको हुन्छ भने दोस्रो नसे अदु“ जसमा नशा रहेको हुन्छ । नशे अदुवाबाट भन्दा बाेंसे अदुवाबाट बढी मात्रामा फाईदा लिन सकिन्छ किनकि यस प्रकारको जातबाट बढी उत्पादन हुन्छ । पाल्पा जिल्ला अदुवा  खेती हुने जिल्ला मध्ये प्रमुख जिल्लाको रुपमा रहेको छ । पाल्पा जिल्लालाई हेर्दा करीव डेढ दशक देखि अदुवा  खेतीको व्यवसायिक विकासमा धेरै काम भई रहेको छ । पाल्पा  जिल्लामा अदुवा  खेतीको संस्थागत  विकास समेत  भएको छ । यस  जिल्लामा अदुवा खेतीमा विकासमा जिल्ला कृषि विकास कार्यलय, हेल्भेटास  नेपाल, गा्रमीण आर्थिक विकास  संघ(रेडा), अदुवा उत्पादक सहकारी संघ तथा संस्थाहरु, स्थानीय निकाय जिल्ला विकास समिति गा.वि.स., डिभिजन सहकारी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, अदुवावाली राष्ट्रिय अनुसन्धान  कार्यक्रम, कपुरकोटको विगतमा महत्वपूर्ण  भूमिका रह्यो भने पाल्पा उद्योग वाणिज्य संघले विगन सम्म विभिन्न कार्यक्रम मार्फत र हाल इख्इए कार्यक्रम मार्फत यसको प्रवद्र्धनको लागि यसको योगदान महत्वपूर्ण रहेको छ ।
५. पाल्पा जिल्लामा अदुवा खेतीको अवसर र चुनौतीहरू अवसरहरू
(क) बजार 
विगतमा संस्थागत बजारको विकास भए तापनि हाल सहकारी संस्थाहरु÷अदुवा उत्पादन सहकारी सामुहिक बजार सञ्चालनमा आएका छन् । जसले गर्दा कृर्षकले निश्चित मूल्य प्राप्त गरेका छन् विभिन्न प्रशोधन व्यवसायलाई तालिम दिई अदुवाको क्यान्डी, मारा, अचार, दुलो पाउदर र सुठो अदुवा, (चाना तथा गाना) उत्पादनगरी स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पठाउन सफल भएको छ । अन्तराष्ट्रिय बजारमा आर्गनिक अदुवा उत्पादनको माग बढिराखेको छ । बजारको अवसरहरु बढाउनका लागि सरकारी तथा गैरसरी क्षेत्रबाट जिल्ला तथा राष्ट्रिय स्तरमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजा गरेमा बजारको सम्भावना थाहा पाउन सकिन्छ । स्थानीय स्तरमा कृर्षकका संस्थाहरु संगठित भएका कारण व्यापारीहरु बीच प्रतिस्पर्धा बढ्न गएको छ । 
ख) उत्पादन प्रशोधन र भण्डार प्रविधिको बारेमा अदुवा उत्पादक कृषकहरुले पर्याप्त रुपमा तालिम पाएका छन् । ग्रामीण आर्थिक विकास संघ (रेडा)को अगुवाई र अदुवा सहकारी संस्थाको समन्वयमा २२ जना स्रोत व्यक्तिहरु उत्पादन गरी ती स्रोत व्यक्तिहरुले पाल्पा लगायत विभिन्न जिल्लाहरुमा कृषकहरुलाई तालिम दिइरहेका छन् । विभिन्न प्रशोधा व्यवसायहरुलाई तालिम प्रदान गरी अदुवाको क्यान्डी, मारा, अचार, धुलो पाउदर र सुठो अदुवा (चाना तथा गाना) उत्पादन भएको   छ । 
ग) उत्पादन
अदुवा उत्पादकहरुको संख्या क्षेत्रफल उत्पादन मात्रा र उत्पादकत्व बढ्दो छ । भीर पाखा र खेर गएको जमिनमा खेती गर्न सकिने कम लगानी र कम समयमा यसको प्रतिफल प्राप्त हुन्छ । पहाडी क्षेत्रमा अर्गानिक अदुवा उत्पादन गरी बढी फाईदा गर्न सकिने स्थानीय स्तरमा गठित वित्तीय संस्था तथा समुह बचतलाई लगानीगरी अदुवा उत्पादन गर्न सकिने सरकारी तथा गैर सरकारी संघसंस्थाको प्रर्वद्धनमा यसको आकर्षण बढेको देखिन्छ । 
घ) नीतिगत व्यवस्था 
सहकारी संघसंस्थाले कारोबार गर्दा जिल्ला विकास कर छुट दिनु पर्ने व्यवस्था भएमा अदुवा उत्पादन प्रशोधन र यसको व्यवसाय फस्टाउने देखिन्छ । सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहभागितामा कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ । 
ङ) संस्थागत विकास
अदुवा उत्पादक समुहहरु सहकारी संस्थाहरु र जिल्ला स्तरमा तिनीहरुको प्रतिनिधि मुलक संस्था अदुवा उत्पादक सहकारी संघ क्रियाशील रहेका छन् । अदुवा स्रोत व्यक्तिहरुको विकास र परिचालन रहेको छ । सहकारीहरुले सामुहिक बजार व्यवस्थापन गर्दै आएका छन् । 
चुनौतीहरु
क) अदुवा उत्पादन क्षेत्र तथा कृषक संख्यामा बृद्धि 
बजारको मागलाई निरन्तर आपूर्ति गर्नलाई उत्पादन मात्रा बढाउन अनिवार्य हुन्छ । यसका लागि अदुवा उत्पादन क्षेत्र तथा हालको कृषक संख्या बढाउनु पर्छ । यसो गर्न सकेमा दिगो रुपमा बजार आपूर्ति हुने र धेरै भएमा तेस्रो देशमा निर्यात गर्न सकिन्छ । यसको क्षेत्र विकास गर्न जरुरी छ । मात्रात्मक र गुणात्मक रुपमा अदुवा उत्पादन बढाउन आवश्यक देखिन्छ । यसका लागि कृषकहरुलाई उन्नत प्रविधि र सामुहिक बजार सञ्चालन गर्न आवश्यक छ । संस्थागत कारोबारको बारेमा कृषकहरुलाई कुरा बुझाउन आवश्यक      छ । 
ख) शेयर सदस्यको संख्यामा बृद्धि 
हालको उदुवा उत्पादक शेयर सदस्यहरुको संख्या ज्यादै न्यून रहेको छ । यो न्यून संख्याबाट अदुवा उत्पादक बजार व्यवस्थापन र संस्थागत विकासमा खासै सहयोग पुग्दैन । यसका लागि सहकारी शिक्षा सामुहिक बजार व्यवस्थापन सहकारीको महत्त्व प्रशोधन प्रविधि र भण्डारण प्रविधिको बारेमा शेयर सदस्यहरुलाई प्रयाप्त ज्ञान शिप प्रदान  गर्न आवश्यक छ । अहिले गाउ“ गाउ“मा जादा सामुहिक बजार व्यवस्थापन र प्रविधिको बारे कुनै तालिम नपाएको भन्दै धेरै शेयर सदस्य निस्क्रृय जस्तै देखिएका छन् । 
ग) सहकारी संस्थाहरुको संख्या तथा क्षमता विकासमा जोड दिनु पर्ने
अदुवा उत्पादन तथा बजार व्यवस्थापन र सहकारीको माध्यम द्धारा संस्थागत विकासमा जोड सबै सरोकारवालाहरुको सहयोगमा पाल्पा जिल्लामा प्रारम्भिक सहकारी संस्थाहरु र जिल्ला स्तरमा तिनीहरुको प्रतिनिधिमुलक छाता संस्था अदुवा उतपादक सहकारी संघको बीचमा प्रभावकारी समन्वयन नह“ुदा सहकारी संस्था, शेयर सदस्याको संख्या घट्न गएको छ । तसर्थ सबै संस्थाका शेयर सदस्यहरुको क्षमता विकास, व्यवस्थापकीय लेखा व्यवस्थापन सिप विकासमा लाग्नु पर्ने देखिन्छ । 
यसका साथै सहकारी संस्थाहरुले शेयर सदस्यबाट बचत संकलन र लगानी कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ । सबै भन्दा महत्त्वपूर्ण पक्ष समुहिक बजार व्यवस्थापन भएको हुनाले यस वर्ष देखिनै अदुवा उत्पादन सहकारी संघको समन्वयमा प्रारम्भिक अदुवा उत्पादक सहकारी संस्था लिमिटेडहरुले सामुहिक बजार संचालन गर्नु पर्ने जरुरी देखिन्छ । 
   
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal