जल्पामा भेटिएको अजिङ्गर हिड्यो

shreenagarfm

पाल्पा, कार्तिक १२
गएको ४ गते पूर्वी पाल्पाको जल्पा ७ स्थित जल्पाडाँडामा भेटिएको अजिङ्गर नौ दिन पछि हिडेको छ । भञ्ज्याङ् बजार माथिको डा“डोमा रहेको कटुवास, बा“स र मेहालको रुखमा चढ्ने र झर्ने गरिरहेको अजिङ्र बुधबार बिहान देखि नदेखिएको स्थानीय छविलाल बिकले जानकारी दिनुभयो । 
जिल्लामै पहिलो पटक देखा परेको अजिङ्गर हेर्न मंगलबार बेलुकी सम्म भिड लागेको थियो । बर्षेनी पुजा गर्ने स्थानमै अजिङ्गर भेटिएपछि स्थानीयले दैनिक पुजा समेत गरेका थिए । अजिङ्गर वसेको स्थान वरिपरिका रुखमा धजा बाँधेर उनीहरुले नरिवल, स्याउ, दुध र कुखुरा समेत चढाएका थिए ।  अजिङ्गर भेटिएको स्थानमा पुगेर जिल्ला वन कार्यालय पाल्पाको टोलीले समेत स्थानीयलाई त्यसका बारेमा जानकारी दिएका थिए ।
जलवायु परिवर्तनले गर्दा नदी किनार, पानी जमेका स्थान, तराई लगाएतका स्थानमा भेटिने अजिङ्गर पाल्पामा देखिएको जानकारहरुले बताएका छन् । केही महिना अघि पनि पाल्पाको अर्गलीमा राजगोमन (किङ कोव्रा) भेटिएको थियो ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal