तिहारसँगै स्वास्थ्यको पनि ख्याल गरौँ : डा. लामिछाने

shreenagarfm

तिहारले छोएको छ । तिहारमा तेलमा पकाएका खानेकुरा, मिठाई लगाएतका परिकार धेरै खाने चलन छ । उसैपनि चाडका बेला अरु समय भन्दा बढी खाने र शारिरिक परिश्रम कम हुने भएकाले पनि बिभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् । यो बेला  स्वाथ्यको कसरी ख्याल गर्ने ? चाडका बेला कस्ता  समस्याहरु देखिन्छन् ? यि लगायतका विषयमा जिल्ला अस्पताल पाल्पाका डा. सुरज लामिछाने संग श्रीनगर खबरका लागि सम्पादक देव पचभैयाले गर्नुभएको कुराकानी । 

 
तिहारका बेला  के –कस्ता खानेकुरामा ध्यान दिनुपर्छ ? 
तिहार सुरु भएको छ । यसमा विशेष गरी त तेलमा पकाएका खानेकुराहरु, मिठाइका परिकारहरू बढी चल्ने गर्दछ । 
जस्तो तेलमा पकाएका सेलरोटी, झिलिङ्गा, फिनी, अस्सा लगायतका खानेकुराहरू बढी पकाइने गरीन्छ । यसरी तेलमा पकाउँदा पुराना तेल अथवा एउटै तेलमा पटक (पटक परिकारहरु नबनाउनु होला । किन भने यसरी पकाएको खाना बढी फ्याटिएसिट   हुन्छ । जसले हाम्रो शरीरलाई  असर गरेको छ । त्यसै गरी बजारमा पाइने विभिन्न मिठाईहरु छन् ती मिठाइहरुमा विभिन्न रङ्गहरूको मिसावट हुन सक्छ ।  त्यसैले सकेसम्म बाहिरी खानेकुरा भन्द घरमै बनाएको परिकारमै बढि जोड दिनुहोला । साथसाथै खानेकुरा बासी नखानुहोला ।
 
मिठाइमा  मिसावट भए वा पुरानो तेलमा धेरै चोटी पकाएका खाने कुराले  के  असर गर्छ ? 
यो सबैले गराउने फुट प्याइजिनिङ्ग भनिन्छ । फुट प्याइजिनिङ्गमा रङ्गहरु हुुन्छ त्यसले हाम्रो लिभरहरुलाई ट्क्यासिसिटी गराउँदछ । त्यसै गरी मानिसहरूलाई लगतै जन्डिस हुन सक्छ । जन्डिस नदेखिए पनि बढी मात्रामा वान्ता हुने त्यस्तै मात्रामा पाचन प्रणालीले राम्रोस“ग काम नगरेर डाइरीयाहरू हुने  समस्या बढी आउन सक्दछ । मुख्य समस्या त यही नै ग्यास्टिक  अथवा लिभर ट्क्यासिसिटी भनिन्छ यो नै बढी मात्रामा देखिन्छ ।
कतिपय साथीहरु खादै नखाई दिनभरी तास खेल्ने बढी धुम्रपान र मध्यपान पनि गर्छन् नि ? 
खादै नखाएपछि ग्यास्टिक हुन्छ नै त्यस पछि पनि अमिलो पानीहरु आउने, पाचन प्रणालीका कारणले बढी खानाहरु नरुच्ने समस्या देखिन्छ । 
त्यस्तै खाली पेट रक्सी मात्र खाएर बस्ने भने पनि  ग्यास्टिक गराएको हुन्छ नै त्यसले लिभरलाई पनि असर गरेको हुन्छ साथै अप्रत्यक्ष रुपमै भए पनि हाम्रो मष्तिस्कलाई  समेत असर गरेको हुन्छ ।
उसो भए तिहारमा खाईने चिल्ला परिकारहरु खाने जुन चलन छ,त्यसलाई कसरी रोक्ने ? 
रोक्न भनेर आजबाट रोक्न सकिदैन तर पनि आफ्नो तर्फबँट जित्न सकिन्छ त्यसलाई कम गर्नुस् । खाना खाए पछि बसी नराख्नुस् अलिकति हिड्डुललाई पनि विशेष जोड दिने, त्यसै गरी सुख्खा रोटी, हरियो सागपात, फलफूलहरु र पानी प्रशस्त मात्रामा पिउने गनुस् । पियपदार्थहरु, कोल ड्रिङ्स भन्दा फलफूलको जुसहरु पिउने कासिस गर्नु होला ।
खाद्य मिसावटले स्वास्थ्यमा  समस्या भयो भने तत्काल केही गर्न सकिन्छ ?  
सबै भन्दा पहिला त हामीले जीवनजलहरू राख्नु  पर्दछ । किनभने ग्यास्टिकको कारणले पनि पखाला लाग्ने हुन्छ । त्यसपछि बमिट हुनसक्छ । यदि यस्तो अवस्था छ घरमा वसी  तत्काल स्वास्थ्य सस्था वा अस्पताल जानु पर्छ नत्र पछि झन समस्या हुन सक्छ । फेरी चाडको बेला स्वास्थ्यमा समस्या आए त परिवारकै चाड खल्लो पनि हुन सक्छ । त्यसैले आफ्नो स्वास्थ्यको बारेमा बेलैमा सचेत हुदा राम्रो हुन्छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal