पाल्पा सम्बन्धी संस्मरणात्मक पुस्तक विमोचन

shreenagarfm

पाल्पा, कार्तिक २२ 
पुस्तक त्यो समय त्यो परिवेश मेरो जीवन यात्रा संस्मरण शनिबार काठमाण्डौमा विमोचन गरिएको छ । पाल्पाका प्रसिद्ध कविराज दशरथमान सिंहले आफूले हासिल गरेको झन्डै १०० वर्षको अनुभव सङ्कलन गरिएको पुस्तक शनिबार विमोचन गरिएको हो ।  
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तकको विमोचन  गरे ।  उक्त पुस्तकमा ९७ वर्र्षीय कविराज दशरथमानले सङ्गालेको अनुभव, पाल्पा तानसेनको इतिहास, नेवारको आगमन, उनीहरुको जमिनमाथिको अधिकार प्राप्ति, पाल्पाको विकास गर्न राणाको योगदान, तानसेनको बस्ती विकास, पाल्पा र यहाँ बसोबास गर्दै आएका नेवारको छवि, चिकित्सा पेसामा शताब्दी पुरुष कविराजको अनुभव तथा युनाइटेड मिसन अस्पताल स्थापनाको इतिहास गरी १० वटा अध्यायमा विभाजन गरिएको १ सय ६० पृष्ठ रहेको छ । भारत, वनारसको दरभङ्गामा आयुर्वेद शिक्षा हासिल गर्नुभएका सिंहले तानसेन बसन्तपुरमा लामो समय इन्द्र औषधालयको नामबाट उपचार सेवा प्रदान गर्नुका अतिरिक्त त्रिभुवन कलेज, विभिन्न विद्यालयहरुसहित सामाजिक संघसंस्थामा पनि गरेको अनुभव सङ्कलनकर्ता उहा“का माइला छोरा तथा नेपाल सरकारका पूर्व सचिव रामचन्द्रमान सिंहले सो पुस्तकमा विस्तृत रुपमा समेटेका छन ।  
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मोहनमान सैंजुले कविराज दशरथमान सिंहको योगदान पाल्पा जिल्लाका लागि नमुना रहेको चर्चा गर्दै आधुनिक चिकित्सा र आयुर्वेदको समन्वयात्मक विकास हुनुपर्ने कविराजको अवधारणा सान्दर्भिक रहेको      बताए । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार विनयकुमार कसजुले कविराजको अनुभव सङ्गालिएको पुस्तक १०० वर्षको पाल्पाको गतिविधि समेटिएको ‘फस्ट ह्यान्ड रिपोर्ट’ भएको चर्चा गर्दै पाल्पामा नेवार जातिको आगमन र गरेको परिश्रम स्मरणीय रहेको बताए । उक्त पुस्तकका प्रकाशक न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठले तानसेनको विकासक्रमलाई यसमा सटिक ढङ्गमा राखिएको र यो पुस्तक नया“ पुस्ताका लागि उपयोगी हुने विचार व्यक्त गरे । गुठीका अध्यक्ष श्रेष्ठले भाषा, संस्कृति, इतिहास, कला, अनुसन्धान मुलक  विषयमा दर्जनौँ पुस्तक प्रकाशित गरिसकेको र त्यस्ता विषयलाई प्रकाशित गरी प्रचारप्रसार गर्दै आएको जानकारी  दिए । पुस्तकका सङ्कलनकर्ता रामचन्द्रमान सिंहको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रममा दशरथमानसिंहले आफ्नो जीवनको अनुभवहरु बताए थियो भने उनकै जेष्ठ सुपुत्र धरणीधरमान सिंहले धन्यवाद व्यक्त गरेका थिए ।   

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal