पार्टी भन्दा जनताका हितलाई ध्यान दिएका छौ : राजनैतिक दलहरु

shreenagarfm

पाल्पा, कार्तिक २५  
जिल्लाको पुनर्संरचनामा संगै जुटेका राजनैतिक दलका प्रमुखहरुले पार्टी हित भन्दा  जनताका सेवा सुविधालाई ध्यान दिएर पुनर्संरचना गरेको दाबी गरेका छन् । नेपाली काग्रेस पाल्पाका सभापति वीरबहादुर राना, एमाले पाल्पाका अध्यक्ष नारायण आचार्य र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेत्र पाण्डेयले गाउँपालिका, नगरपालिका र त्यसका केन्द्र एवम् भूगोलको सवालमा आफूहरुले जनहितलाई ध्यान दिएर सहमति गरेको बताएका छन् ।अझै पनि सबैको भावनालाई समेट्न सकेका छ्रैनाँै, काँग्रेस सभापति वीरबहादुर रानाले भन्नुभयो आगामी दिनमा स्थानीय तहका असन्तुष्टिलाई मिलाउँदै जान सकिन्छ । भूगोल र केन्द्र मिलाउने सवालमा आगामी दिनमा निर्वाचित जनप्रतिनिधिले काम गर्न सक्ने भन्दै माओवादी केन्द्रका नेत्र पाण्डेले जिल्लाको पुर्नसंरचनामा राजनितिक हावी नभएको दावी गर्नुभयो । सबैको विचार समेट्दा भने जस्तो अझै हुन नसकेको भन्दै एमाले अध्यक्ष नारायण आचार्यले एमालेले राजनैतिक कुरा भन्दा जनताले कसरी अधिकार प्राप्त गर्न सक्छन् भनेर गम्भीर भएको बताउनुभयो । तर तिनै दलका नेताहरुले अहिलेको पुर्नसंरचित जिल्लाको गाउँपालिका र नगरपालिकामा आफ्नो पार्टीको वर्चश्व भने कायम रहेको बताएका छन् । सहमतीमा हस्ताक्षर कर्ता दल राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवर र राष्ट्रिय जनमुतिm पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले भने जिल्लाको पुनर्संरचनामा दलीय हावी भएको गुनासो गर्नुभएको छ । भन्न डराएर हुदैन, जनमुतिm पार्टीका केहरसिंह रानाले भन्नुभयो धेरै ठाउमा मिलेपनि केही ठाउँमा पार्टीका स्वार्थ लुकेको कुरा जनताले प्रस्तै बुझेका छन् । 
राजनैतिक दलले जिल्लाको बाँडफाँड गर्न नहुने अनुभव आफूले संगालेको भन्दै राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले भन्नुभयो यो त भूगोलका जानकारले मात्रै बाँडफाँड गर्नुपर्ने रैछ । अध्यक्ष कुँवर र राना दुवैले घुमाउरो भाषामा ठूला दलले जिल्लाको पुर्नसंरचनामा भोटको राजनितिक हिसाव किताव गरेको बताएका छन् । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal