५०० र १,००० का भारतीय नोटमा प्रतिबन्ध

पाल्पा, कार्तिक २५
भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि बुधबारदेखि भारतीय पाँच सय र एक हजारको नोट नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि चलनचल्तीमा भारतीय पाँच सय र हजारको नोटको प्रयोग गर्न नपाइने जनाएको हो । भारतीय ५ सय र हजारको नोट कारोबार नहुने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनु भयो । भारतले नयाँ नीति ल्याएपछि त्यहीअनुसार नेपालले पनि अघि बढ्नुपर्ने हुँदा कारोबार रोकेको उहाँले बताउनुभयो । भारतीय  पाँच सय र हजारको नोट भएकाहरुलाई साट्ने व्यवस्था भने मिलाइने छ ।
तर अहिले नै त्यसबारे राष्ट्र बैंकले कुनै निर्णय गरिसकेको छैन । एक दुई दिन भित्रै भारतीय नोट साट्ने ठाउँको टुंगो लगाइने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । भारतले जाली नोट तथा भ्रष्टाचार र कालो धन नियन्त्रणका लागि भन्दै मंगलबार मध्यरातदेखि पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको हो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal