संविधान संशोधनको औचित्य छैन : राप्रपा नेता लोहनी

shreenagarfm

पाल्पा, मंसिर १६ 
राप्रपा पार्टीका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले अहिले भएको संविधान संशोधनको कुनै औचित्य नभएको बताउनुभएको छ । राप्रपा पाल्पाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. लोहनीले प्रदेशको सीमा परिवर्तन किन भनेर सरकारले समेत पुष्टि गर्न नसकेको भन्दै जनता र जनप्रतिनिधिको माग र भावना विपरीत भएको सीमा परिवर्तन सहितको संविधान संशोधनले कसैको हित नगर्ने बताउनुभयो । मधेसका जिल्लासग पहाडको जिल्ला मिसिन हुदैन भन्ने निहित सिद्धान्तले ५ नम्बर प्रदेशलाई फुटाएको भन्दै सरकारको यो गैरजिम्मेवारी कामले नेपालको राष्ट्रियतालाई हित नगर्ने उहाँको भनाइ छ । सुनसरी, मोरङ र झापाको विषयमा अध्ययन गर्न आयोग बनाएर अघि बढे जस्तो पाल्पा, रुपन्देही, गुल्मी लगाएतका पहाडी जिल्लाको विषयमा पनि आयोग बनाएर अघि सर्नुपर्नेमा उहाँको जोड छ ।
संविधान लागु भए पनि कार्यान्वयनका लागि समयमै ३ नै तहको निर्वाचन हुनुपर्छ, पूर्व अर्धमन्त्री समेत रहनुभएका नेता लोहनीले भन्नुभयो  चुनाव नभए संविधान संकटमा फस्नेछ । गुटले पार्टी फुट्दा जनताले नपत्याएको सत्यतालाई बुझेर पार्टी एकता गरेको भन्दै उहाँले आउने फागुन चैत्रमा हुने महाधिवेशन पछि राप्रपा नयाँ शतिmको रुपमा उदय हुने दाबी गर्नुभयो । धर्मनिरपेक्षताको विरोधमा पार्टी अघि बढ्ने र निर्वाचन चिन्हको विषयमा भएको विवादको टुंगो पनि महाधिवेशनले लगाउने नेता लोहनीले जानकारी दिनुभयो । राप्रपा पाल्पाका अध्यक्ष डुलवहादुर कुवरको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal