६० वर्षीय खेलाडी सम्मानित

shreenagarfm

पाल्पा, मंसिर १६ 
जिल्ला खेलकुद विकास समिति पाल्पाले खेलाडी  सम्मान तथा कार्यकुशलता प्रदर्शनी कार्यक्रम बुधबार सम्पन्न गरेको छ । सिट अप व्यायाममा १० वटा रेकर्ड सहितको कृतिमान राख्नुभएका रामपुर ५  पाल्पाका  ६० वर्षीय रामचन्द्र खनाललाई सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाकाटोपीले सम्मान गरिएको हो । 
२०७० सालमा पहिलो पटक काठमाण्डौ दशरथ रंगशालामा पहिलो पटक खेल प्रदर्शन गर्नुभएका खनालले २०७३ मा काठमाण्डौमा भएको प्रर्दशनमा विभिन्न १० विधामा रेकर्ड बनाउनु भएको थियो । ६० वर्ष र सबै उमेरमा गरी १० वटा सिट अप व्यायाम गरी नेपालमा यस अघि रहेका  कृतिमान तोडदै रेकर्ड राख्न सफल हुनुभएका खनालले गिनीज बुक अफ द रेकर्डका लागि पहल गर्नुभएको छ । खनाल कृषि विकास बैंकबाट अधिकृत पदमा २०६६ सालमा सेवानिवृत्त हुनुभएको थियो । 
कृतिमानी खेलाडी रामचन्द्र खनाललाई सम्मान गदै  प्रमुख अतिथि स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले खेल क्षेत्र मार्फत पहिचान बनाउन सफल खेलाडीहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेको सभापतित्वमा भएको कार्यक्रमको संचालन समितिका सदस्य दयाराज न्यौपानेले गुर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष दिपक घिमिरेले स्वागत गर्नुभएको थियो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal