पाल्पामा दुई सय ९५ एचआइभी संक्रमित

पाल्पा, मंसिर २७
पाल्पामा दुई सय ९५ जना व्यक्ति एचआइभी एड्सबाट संक्रमित भएको पाइएको छ । 
जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित संक्रमितको सङ्ख्या दुई सय ९५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । संक्रमितमा एकसय ५७ पुरुष र एकसय ३८ महिला छन् ।
संक्रमितमध्ये १८ वर्ष मुनिका ३८ बालबालिका एचआइभी एड्सबाट संक्रमित      छन् । सूचना अधिकारी ज्ञवालीका अनुसार जिल्लामा ४१ जना संक्रमित सार्वजनिक भइसकेका हुन् । गत आर्थिक वर्ष पाल्पामा संक्रमितमध्ये पा“चजनाले ज्यान गुमाएका थिए । त्यसमध्ये एक पुरुष र चारजना महिला रहेका छन् । औषधि नियमतिरुपमा सेवन नगर्दा र स्वाथ्यप्रति ध्यान नदिएकाले मुत्यु भएको बताइएको छ । आर्थिक वर्ष २०७०÷७१ मा ८६ एचआइभी एड्स प्रभावित बनेका थिए । आमाबाबुले नियमित रुपमा औषधिको सेवन नगर्दा समेत नवजात शिशु एचआइभी संक्रमित हुँदै आएका छन् । युनाइटेड मिसन अस्पतालले सङ्क्रमितका लागि निःशुल्क ‘एआरभी’ औषधि वितरण गर्न थालेपछि एचआइभी एड्सका सङ्क्रमितलाई ठूलो राहत मिलेको छ । जिल्लामा एकसय ७१ जनाले नियमित ‘एआरभी’ औषधि सेवन गरेका छन् । ती मध्य  ९१ पुरुष र ८० जना महिला छन् । पाल्पामा संक्रमित हुनेहरु बढी छिमेकी मुलुकभारतबाट फर्किएका र उनका घरपरिवारहरू छन । एचआइभी एड्सको रोकथाम तथा नियन्त्रण गर्न सरकारी, गैरसरकारी संस्थाहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भएपनि प्रभावकारी हुन नसक्दा एचआइभी एड्सबाट सङ्क्रमित हुनेको संख्या बर्सेनि थपिएका छन भने यसकै कारण संक्रमितहरूले ज्यान समेत  गुमाएका छन् । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal