रिमझिमै पानी सार्वजनिक

shreenagarfm

डोलबहादुर विक,
पाल्पा, माघ – अन्जना सारु र शेरजङ्ग आलेको रिमझिमै पानी सालैजो गीत बजारमा आएको छ । मगरी परिवेशमा आधारित मगरी संस्कृति, परम्परा गाउँको सामाजिक अवस्थालाई समेटिएको गीतमा सारु र आलेले स्वर दिएका छन् । आशिष म्युजिक प्रालि काठमाण्डौबाट भर्खरै बजारमा भिडियो सार्वजनिक भएको यो गीतको निर्देशन नविन घर्ती मगरले गर्नुभएको हो । म्युजिक भिडियोमा तिर्सना आले र कृष्ण बरालको मुख्य अभिनय रहेको छ । मनोज चौहान मगरले छायाङ्कन गरेको गीतमा शेरजङ्ग आलेको शब्द संकलन र खेम राना मगरले संगीत दिएका छन् ।
मगरी संस्कृति, सामाजिक परिवेशलाई गीतमा समेटिएकोले पनि गीतले लोकप्रियता पाउँने अपेक्षा गरेको गायक शेरजङ्ग आले बताउँछन् । पाल्पाको जल्पा–८, ढोलीमारामा छायाङ्कन भएको यो गीतले अत्याधिक श्रोता, दर्शकको मन जिल्ने गायिका अन्जना सारुले बताए ।
म्युजिक भिडियोमा मगरी भेषभुषा, गाउँको सामाजिक, आर्थिक, रोजगारी लगायतका अवस्थालाई यथार्थ चित्रण गरिएको छ । आलेको यस अघिका आफ्नै संसार, बालै फरर लगायतका गीत पनि निकै चर्चा पाएको थियो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal