तानसेन वडा नम्बर ९ पनि खुला दिसामुक्त क्षेत्र

पाल्पा, माघ २४ 
तानसेन नगरपालिकाले नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा ११ औं वडाको  रुपमा वडा नं. ९ लाई पनि दिसामुक्त घोषणा गरिएको छ । ¥याली सहित वडाको परिक्रममा पश्चात सभा गरेर एक घर एक शौचालय अनुसार खुल्ला दिसामुक्त भएको घोषणा गरिएको हो । घोषणास“गै १३ वटा प्रतिवद्धता र ८ वटा आचारसंहिता जारी गरिएको छ । वडाका ५ सय ५० घर धुरी र १३ टोल रहेका छन् ।
घोषणा सभाका प्रमुख अतिथि तानसेन नगरपालिका कार्यकारी अधिकृत अनिल पौडेलले खुल्ला दिसामुक्त पश्चात पूर्ण सरसफाई गतिविधि अगाडि बढाउने भएकाले नगरको सरसफाईमा स्थानीय बासिन्दाहरुले सहयोग गर्नुपर्ने बताउनु      भयो । उहा“ले स्थानीयको माग र बजेट अनुसार नगरको विकासमा आपूmहरु लागेकाले सबैको साथ रहेमा ठूला योजनाहरु संचालनमा समेत सहयोग पुग्ने विश्वास गर्नुभयो । घोषणा सभामा विशिष्ठ अतिथि अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशलराज तिमिल्सिना, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद नेपाल, खानेपानी कार्यालयका रमाकान्त अधिकारी, तानसेन नगरपालिका अधिकृत भरत अचार्य, स्थानीय राजनीतिक दल प्रतिनिधि कृष्ण राज बस्याल, सुर्दशन कोइराला, होमनाथ तिवारी, हरिप्रसाद गैरे, रेवन्तबहादुर विष्ट, वतुर्ङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष विधान श्रेष्ठ, श्रीनगर यातायात व्यावसायी समितिका अध्यक्ष डिलबहादुर ढुङ्गाना, गोमा गैरे, नेत्र भट्टराई, धनबहादुर सारु, टेकबहादुर कार्की, प्रेम कार्की, रधुनाथ पराजुली लगायतले घोषणस“गै सार्वजनिक शौचालय निर्माण, ढलको व्यावस्थापन जस्ता अन्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । वडा नागरिक मञ्चका संयोजक रंगनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सामाजिक परीचालक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal