खेलाडी सम्मानित

shreenagarfm

पाल्पा माघ २४
जिल्ला खेलकुद विकास समिति पाल्पाले पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई विजेता भएका आइटीएफ तेक्वाण्डो पाल्पाका ९ जना खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपति रनिङशील प्रतियोगिताको समापन समारोहमा आइतबार बेलुकी  एक स्वर्ण पदक, ३ रजत पदक र पा“च जना कास्य पदक विजेता खेलाडीलाई नगद तथा प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको हो । सातौ“ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता साजन पचभैयालाई नगद पा“च हजार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । रतज पदक विजेता आयुसा कार्की, विमल राना र श्यामबहादुर गाहा मगरलाई नगद चारहजार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । त्यस्तै का“स्य पदक विजेता कृष्ण थापा, सितल वीरकट्टा, अस्मिना थापा, ज्ञानकुमार सारु र राजन रसाइलीलाई नगद २५ सय सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरियो ।  तेक्वाण्डोका अन्तराष्ट्रिय प्रशिक्षक नीरबहादुर सारुलाई समेत सम्मान गरिएको छ । प्रमुख अतिथि पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डे र जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले विजयी खेलाडीस“गै उनीहरुका अभिभावकलाई समेत पुरस्कार र मायाको चिनोले सम्मान गर्नुभएको हो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal