सकिंदै बैंकमा पैसा

shreenagarfm

 

ग्राहक तान्न ब्याजदर बढाउने होडबाजी

 
देव पचभैया
पाल्पा, माघ २४, तरलताको अभाव भएपछि पाल्पाका बैंकहरुले पनि मुद्दती खाताको ब्याजदर ह्वात्तै बढाएर ग्राहक तान्ने प्रयास गरिरहेका छन् । सानो ठाउँमा बैंक धेरै भएकाले पनि प्रतिस्पर्धाका लागि उनीहरुले मुद्दती बचतको ब्याज बढाएर  १३ प्रतिशतसम्म पु¥याएका हुन् । दुई हप्ता अघि त्रिवेणी विकास बैंकले मुद्दतीमा पुर्याएको १२.१२ प्रतिशतलाई उछिनेर गरिमा विकास बैंकले १२.७५ प्रतिशत ब्याज दिने भनेपछि पुन त्रिवेणी विकास बैंकले बचत तथा मुद्दती निक्षेपमा वार्षिक १३ प्रतिशतसम्म ब्याज दिने बतायो । सेवा विकास बैंकले समेत मुद्दती निक्षेपमै १३ प्रतिशत ब्याज दिएको जनाएको छ । बैंकमा पैसा सकिन लागेपछि मुद्धती खातामार्फत पैसा जम्मा गरी महिनौँ पैसा चलाउने बैंकको दाउ हो । बैंकले दिने ब्याजदरमा भने विभिन्न सर्तहरु पूरा हुनुपर्ने उल्लेख गरेका छन् । मुद्दतीमा बढेको ब्याजलाई झ्याली पिटाएर निक्षेप आर्कषणमा होमिएका बैंकहरुले बचत खाताको ब्याज भने बढाएका छैनन् । तर समय र आवश्यकता अनुसार बचतमा पनि ब्याज बढी दिएको उनीहरुको दावी छ । त्रिवेणी विकास बैंक पाल्पा शाखाका प्रमुख वीरबहादुर सारुले बचतमा पनि एघार प्रतिशतसम्म ब्याज दिएको बताउनुभयो । नेपाल राष्टबैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई प“ुजी बढाउन निर्देशित गर्नु, अनुत्पादक क्षेत्र (घर जग्गा, गाडी ) मा लगानी बढी हुनु, रेमिटान्स घट्नु, विकास बजेटमा राज्यले खर्च गर्न नसक्नु, भारतबाट पैसा नआउनु जस्ता समस्याले गर्दा बैंकमा तरलताको अभाव भएको जानकारहरुले जनाएका छन् ।  
चल्तीखातामा पनि न्यूनतम एक लाख भए बचतमा नौ प्रतिशतसम्म ब्याज दिने गरेको गरिमा विकास बैंक पाल्पा शाखाका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सेवा विकास बैंक पाल्पा शाखाका प्रमुख तुल्सी प्रसाद पौडेलले बचत खातामा साढे पा“च प्रतिशतसम्म ब्याज दिएको तर कल एकाउन्टमा एघार प्रतिशत दिन सकिने बताउनुभयो । व्यतिm र संस्था दुवैलाई कल एकाउन्ट (सुपर कल)  मा एघार प्रतिशत दिन सकिन्छ, सेवा विकास बैंक पाल्पा शाखाका  प्रमुख पौडेलले भन्नुभयो बैंकमा तरलता भैसकेको हैन, तर लगानी बढी हु“दा समस्या आएको हो ।
यस अघि मुद्दतीमा साढे दश प्रतिशत र बचतमा नौ प्रतिशत सम्म ब्याज दिएको बताउने साइन रेसुङ्गा डेभलवमेन्ट बैंक पाल्पाका शाखा प्रमुख दिपक पाण्डेले पनि समय अनुसार आफ्ना सेवा र सुविधा बढाउनु पर्ने बाध्यता रहेको बताउनु   भयो । बैंकले भोग्नु परेको समस्या देशभरकै हो,  उहाँले भन्नुभयो हामीले साना व्यवसायी र कृषकलाई कर्जा रोकेका छैनौ“ । मुद्दती निक्षेपमा ब्याजदर बढाएका बैंकहरुले कर्जाको ब्याज पनि बढाएका छन् । त्यसले गर्दा पुराना ऋणीहरुलाई भने नकारात्मक  असर परिरहेको छ । 
बैंकमा शाखा प्रमुखहरुले भनेको ब्याजदरका बारेमा भने उनीहरुका आधिकारीक साइटमा कुनै उल्लेख गरिएको छैन । वेभसाइटमा त पुरानै पैसा उल्लेख छ, एक शाखा प्रमुख भन्छन् आन्तरिक सर्कुलरको आधारमा हामीले ब्याज बढाएका हौँ । मुद्दतीमा ब्याज बढ्ने तर बचतमा नबढ्ने हँुदा ठूला (धनी) र साना (गरिव) बीचमा विभेद भएको राष्ट्रिय वाणिज्य वैंक पाल्पा शाखाका प्रमुख सविन अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो ‘दुई चार हजार बचत गर्ने र करोडौ  बचत गर्नेलाई समान व्यवहार गर्न पनि बचत खातामा बैंकहरुले दिने ब्याजमा बृद्धि हुनु पर्छ ।’

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal