माओवादी केन्द्र पाल्पाले मनायो जनयुद्ध दिवस

पाल्पा, फागुन २
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले दश बर्से जनयुद्धले देशमा आमूल परिर्वतन ल्याएको बताउनुभएको छ । २२ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र पाल्पाले आइतबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले जनयुद्धका कारण देशमा संविधानसभा मार्फत संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीयताको उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।माओवादीका अर्का पोलिटब्युरो सदस्य नेत्रप्रसाद पाण्डेयले माओवादी पार्टी बलियो बन्दै गएकाले स्थानीय निर्वाचनमा जित सुनिश्चित भएको बताउनु भयो । माओवादी केन्द्र पाल्पाका संयोजक गिरबहादुर थापा (वीरवल)ले जनयुद्धका एजेण्डा संविधानमा स्थापित भइसकेको बताउनुभयो । उहा“ले माओवादी एक हँुदा सबै क्षेत्र र स्थानमा जित हुने भएपछि कार्यकर्तामा उत्साह थपिएको जानकारी दिनुभयो ।२०५२ साल फागुन १ गतेदेखि माओवादीले जनयुद्धको सुुरु गरेको  थियो । जनयुद्ध दिवसको अवसरमा तानसेनमा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको माओवादी केन्द्र पाल्पाले जनाएको छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal