कथा–रुपा

shreenagarfm

सागर लामिछाने 
 
एस एल सि पास भएछु, बैसठ्ठी प्रसेन्ट ल्याएर । परिवारमा म नै पहिलो थिए, एस एल सि पास गर्ने । आमाको दिन रातको मिहिनेत आधा आधी पूरा भएको थियो भने बा खुशिले गदगद, त्यो भन्दा अघि मैले कहिल्यै देखेको थिएन बालै त्यति धेरै खुशी भएको, बा गर्वले छाती चौडा बनाएर भन्दै हुनुहुन्थ्यो । अब मेरो छोरा साइन्स पड्न तानसेन जान्छु बा आमाको खुशी र आफ्नो प्रगतिमा कुन चाहिँ छोरालाइ खुशी लाग्दैन होला र ? म पनि खुशीले फुरुङ्ग भएको थिए । तानसेन जानु भन्दा अघिल्लो रात बा, आमा, बहिनी र म कुरा गर्दै थियौ, आमा बोल्नुभयो । मान्छे चिनेर मात्रै सङ्गत गर्नु,राम्रो सङ्गत  पढ््नु, हाम्रो इज्जत को ख्याल राख्नु, बा पनि महिना दुई महिनामा आइरहनुहुन्छ, खर्च सकिनु अगावै खबर गर्नु आमाले त्यसो भनिरह“दा मैले घोसे मुन्टो लाएर हवस् भनिरहेको थिए, भने उता बहिनी अगेनाको खरानी चलाउ“दै नरमाइलो अनुहारले मलाइ हेर्दै थिई । उसलाइ नराम्रो लाग्यो होला नि स“गैै खेल्ने,डुल्ने,लड्ने प्यारो डाइ भोलि देखि टाढा हु“दै थियो नि त ।          आफूलाई चाहिने जति कोसेलीपात झोलामा प्याक गरेर, आगनसम्म आइपुग्दा मन ग्रहौ भएर आयो, धेरै टाढाको बाटो पनि होइन, जम्मा तीन घण्टाको बाटो भएर पुगिने तानसेन बजार तर पनि म अन्माएर पठाएको चेली जस्तै भएको थिए, अन्माएर पठाएकी चेली जस्तै चिच्याएर त रुन सक्दैनथे म तर घर छोड्नुको पीडा सारै ग्राहो ह“ुदोरहिछ,आमा बा आँगनको डिलमा आएर बिदाइका हात हल्लाउदै हुनुहुन्थ्यो भने बहिनी पिढीमा बसेर सुकसुकाउदै थिइ । लेक देखि दुम्रे झर्न झन्डै दुई घण्टा लाग्यो, जति म घर देखि पर हु“दै थिए,गाउ“ घर बिरानो हु“दै गएको थियो, भने तानसेन प्यारो बन्दै । करिब आधा घण्टा कु¥याइ पछि धुवाको मुस्लो सन्नै चर्काे हर्न को साथामा पाल्पा बुटुवल लेखेको बस आयो, म बसलाई रोक्न हातको इशारा गरे,हान्ला कि झै गरि मेरै अगाडि आएर बस रोकियो, म हतार गर्दै भित्र छिरे, त्यतिबेला खलासिले सोध्दै थियो भाइ कहा“सम्म हो नि ? तानसेन, बसपार्क असारको महिना, सिमसिम पानी पर्दै थियो, पिच बाटो चिप्लो कालो भएको थियो, पछाडिको सितमा मास्तर जस्तै देखिने अधबैसे पुरुष नजिकै गएर बसे, नजिकै बस्दा हल्का चुरोट को गन्ध आइरहेको थियो,सायद उनले चुरोट पिउछन क्यारे, म झ्याल तिर फर्किए घरी घरी हावाको झोक्काले पानी को थोपा झ्यालसम्म ल्याएर छोड्थ्र्याे, पानीको थोपा केही बेर अडिए झै गथ्र्याे अनि खस्थ्यो, हावाको झोक्काले पानी झ्यालसम्म ल्याउनु केही बेर अडिनु अनि खस्नु खुब मजा लाग्यो त्यो हेरिरहन । मडनपोखरा, बासटारी, प्रभास, बर्तुङ हु“दै बसपार्कसम्म आइपुग्न झन्डै पैंतालीस मिनेट लाग्यो होला, पानी परी नै राखेको थियो, मान्छेहरु छाता ओढी यता उता गरिरहेका थिए, कोही मान्छे पानी छल्दै होटल, पसल का पेटी हु“दै हिडिरहेका थिए । परिचित अनुहार भएका कोही देखिएन, देखिए त केवल बसपार्क वरपरका ठूला–ठूला घर, यात्रुको पर्खाइमा रहेका बस, जिप, भ्यान मात्र । एकैछिन अलमल मा परे, जाने कता बस्ने कता लिन आउने मान्छे अर्काे थिएन, घर देखि हिन्दा बा ले नवीन दाइको बस्नु भन्नू भाको थियो, तर नवीन दाइ देखिएको थिएन । पानी झनै ठूलो भएर दर्किदै थियो यता मेरो मन तर्सिदै थियो,नवीन दाइ लिन आउनु भएन भने । तीस चालीस मिनेट पछि नवीन दाइ देखा पर्नुभयो । मैले टाढै देखि हात हल्लाए,दाइले देखिसक्नु भएको रहिछ, अनुहारमा मुस्कान छर्दै मेरो नजिक आउ“दै हुनुहुन्थ्यो । कतिखेर आइपुगिस ? दाइ नजिकै आएर बोल्नु भयो । अघि नै हो, म त कस्तो डराएको हजुर लिन आउनुहुन्न होला भनेर दाइ मेरो अनुहार हेर्दै हास्नुभयो । म चुपचाप वहालाइ हेर्दै उभिरहे । जाऊ हिड, कहाँ ? कोठातिर, म झसङ्ग भए जसरी दाइको पछि लागे । बाटो भरी दाइसँग गाउँघरतिरको कुरा गर्दै हिन्दा बाटो काटेको पत्तै पाएन । एक्कासी नारायणस्थान आए, असनटोल को उकालो चढेसी भित्र पखको घर अगाडि पुगेर म यहि घरमा बस्छु दाइ बोल्नु भो । म दाइलाई हेर्दै बोले दाइ यो घर त निकै पुरानो छ त, भुकम्प आयो भने त चापेर मरिन्छ क्यारे, अशुभ नबोल, राम्रो घरमा देरा लिएर बस्न त पैसो पनि धेरै हुनप¥यो नि त पनि १२ पास नहुन्जेल यहि घर हो बस्नी, कोठा भित्र पसिसके  पछि । कस्तो लाग्यो कोठा ?, म चारैतिर हेर्दै, राम्रो छ, के राम्रो लाग्यो ? उ त्यो पारी भित्तामा टाँसिएको छोटो कपडा लगाएकी हिरोइन । दाइ हास्तै मूर्ख, त्यो त हिरोइन हो, आँखाले मात्र राम्रो देखेस,मनले देखिस् भने त डुब्छस्, डुब्छु बेसरी, त्यत्रो ठूलो दुम्रे खोलामा पौडी खेल्दा त कहिल्यै दुबिन अझ यो हिरोइनलाई मनले मन पराएर दुब्छु, दाइ मेरो कुराले मरि मरि हाँस्नु भयो । भोलि पख कलेज गए, इन्टान्र्स परीश्रा दिन, त्यसको रिजल्ट भोलिपख आयो । म पास भएछु । इन्ट्रान्स दिएको एक हप्ता पछि कलेज सुरु भयो । कलेजको पहिलो दिन जब रुपालाई देखे उसको मात्र सोचाईले  डेरा जमाउन थाल्यो, रुपा । कसैसँग खुलेर नबोल्ने कलेज आउनी जानी सधै एउटैसमय सायद उसलाई साथी बनाउन आउँदैन क्यारे यस्तै नाना भाती कुरा काट्दै बस्न सजिलो भाको थियो क्लासका केटीहरुलाई अझ रुपाको त उपनाम पनि राखिदिएका थिए घमण्डी केटी उ फेसन मा अरु भन्दा अलि पछि नै थिई । उसको बानीबेहोरा असल नै थियो । तर रूपमा अति नै राम्री भने हैन भन्थे साथीहरू । मलाई भने ऊ जत्ति राम्री अरू कोही  लाग्दैनथ्यो । ऊ काली थिई तर मलाई एकदम उज्याली लाग्दथ्यो । उसको स्वर धोन्द्रो थियो । केटाको जस्तो आवाज भन्थे साथीहरू तर मलाई त्यहि आवाज मीठो लाग्थ्यो । ऊ यति मीठो मुस्कान दिएर हा“स्थी, लाग्थ्यो समय पनि उनलाई नै हेरेर टक्क अडिन्छ होला । म उसको प्रेममा पागल थिए“ । नहोस् पनि कसरी, कसैले राम्री नदेखेको, कसैले आकर्षण नपाएको उनमा म एकोहोरो प्रेमी बनेर डुबिसकेको थिएँ । एक दिन हाम्रै क्लासको विवेकले उसको नाममा एउटा प्रेम पत्र कोरेछ तै पनि रगतले आजभोलि सामजिक सञ्जाल हुँदाहँुदै पनि उसले प्रेमपत्र कोरेर साथीमार्फत दिन भ्याएछ, दिउँसो ब्रेक टाइममा रुपा कलेजको गेटमा विवेकलाई कुर्दै थिई,क्यान्टिन बाट हाँस्दै आइरहेको विवेक जब रुपालाई देख्यो रुझेको बिरालो झै लुत्रुक परिहाल्यो अघिसम्म ठाडो भाको शिर छिन भरमै निहुरायो,झन्दै २०० जना विद्यार्र्थी को अगाडि रुपाले विवेकले लेखेको प्रेम पत्र उसको हातमा दिदै बोली के हो यो सब ? छिटो लेउ नत्र भुईमा खस्ला अनि मैले तिम्रो अपमान गरे जस्तो होला । विवेक नबोली नबोली उसको हातबाट प्रेम पत्र लिएर क्लासतिर लाग्यो । सा“झपख, कलेजदेखि फर्किदा उसैको पछि पछि लागे, हिम्मत जुटाएर उसलाई बोलाए रुपा, ऊ सुने पनि नसुने झै गरी हिडिरही फेरि बोलाए रुपा उसले पुलुक्क हेरी मैले जवाफमा मुस्कुराए तर उ रिसाए झै गरी हेर्दै नहेरी अगाडि बडिरही जब छुटिने बेला भयो तब म फेरि बोल“े रुपा, तिमीले विवेकको प्रेम पत्र किन इग्नोर गरेको ? मेरो कोइसनमा खै के थियो कुन्नी उसले रिसाए झै गरी मलाई हेरी अनि लामो सास फेरि रिसलाई शान्त पार्दै  मलिन स्वरमा बोली सागर, सजिलै प्राप्त हुने वस्तुको कुनै मोल हुन्छ र ? रुपा सँग बोल्ने अरु निउ त केही थिएन, म नाजवाफ भएर उभिरहे,माथी श्रीनगरडाँडा खुबै चञ्चल भएर तानसेन बजार नियाल्दै थियो तर रुपा उदास मूर्ति झै बीच बाटोमा चुपचाप ठिङ्ग थिई । एकै छिन पछि उ आफ्नो बाटो लागि अनि म । भोलि पख विवेक कलेज नै आएन यदाकदा हल्ला थियो अब उ यो कलेज नपद्ने रे नभन्दै हप्ता दिन बित्यो विवेक आएन नै । कलेज जान थालेदेखि फेसबुक चलाउने, केटाले केटी साथी र केटीले केटासाथी बनाउनु त फेसन जस्तै भएको थियो,क्लासका सबै साथीहरु फ्रेण्डलिस्टमा हुनै पनि । क्लासमा पनि सधै पाठ्यक्रमको कुरा भन्दा पनि फेसबुकका लाइक कमेन्टको कुरा धेरै हुन्थ्यो । म फेसबुकमा सधै माया प्रेमका लेखहरु पोस्ट गर्थे, धेरै साथीहरुले बोलाउँदा साहित्यकार भनि सम्बोधन पनि गर्थे । फेसबुकमा आएको लाइक र प्रतिक्रियाले मक्ख पर्थे, हुनिभा लाइक, कमेन्ट बेचेर दुई तले घर किन्थे, तल्लो कोठा सबै भाडामा दिई म माथिल्लो कोठामा बसी फेसबुकमा लेखहरु पोस्ट गर्दै लाइक कमेन्ट कमाउँथे । एकदिन कलेजदेखि फर्किदै गर्दा रुपालाई फिल्म हेर्न जाम न भनी आग्रह गरी, सुरुमा आनाकानी गरी, पछि खै के सोची कुन्नी हुन्छ भनी, म ठिक साढे एक बजे नै फिल्म हल पुगी दुई वटा टिकट काटी रुपाको प्रतीक्षामा बसे, उ आई, सधै कलेजमा देखिरहेको उसलाइ बाहिरी खुबै राम्री देखिएकी थिई । टिकट पालेलाई टिकट दिई हल भित्र छिर्याै, म त मक्ख थिए उसको हात समाउदै अगाडि सिटसम्म पुग्न पाउँदा, फिल्म सुरु हुँदै थियो, मेरो नजर फिल्मी पर्दामा भन्दा धेरै उसको मुहारतिर थियो, घरिघरि फाइट आउँदा हिरोले कुटाइ खाँदा मेरो हात समाउन आइपुग्थी, अनि हिरोको जित हुँदा उसको मुहारमा खुसीको भाव झल्कन्थ्यो । साढे दुई घण्टा उसकै मुहार हेरेर वित्यो, फिल्म हलदेखि निस्किदै गर्दा गेट अगाडि रहेको पानीपुरिको ठेला गाडी देखेर पानी पुरी खाऊ न भनी आग्रह गरी, मैले हुन्छ भनी सहमति जनाए“ । ऊ बोल्न थाली–फिल्म कस्तो लाग्यो ? म हडबडाउँदै ठिकै फेरि बोली साच्ची फेसबुकमा राम्रा लेखहरु पोस्ट गर्छाै, मान्छे नि हेन्सम छौ, तर गलफ्रेण्ड  नबनाई किन सिङ्गल बसेको नि तिमी अनि म कहा“ म सिङ्गल छु र, तिमी छाँै नि मेरो साथमा तिमी बनन मेरो गलफ्रेण्ड, उ रिसाए जस्तो गरी बोली बन्छु खुब तिम्रो गलफ्रेण्ड, तिमी र म त बेस्ट फ्रेण्ड पो हाँै तँ म त्यही भएर त म अहिलेसम्म सिङ्गल छु   नि । अनायासै वाक्य फुटिहाल्यो, उनी रिसाइन, मैले फकाउन खोजे, म बोल्न खोजिरहे उनी तर्किन खोजिरहिन, आखिरीमा चुपचाप आफ्नो बाटो लागिन्, न म पछिपछि गएर रोक्न सके न म बोलाउन नै, देख्नेले खै के देखे कुन्नी, सुन्नीले खै के सुने कुन्नी उनी थिइन बुझ्नी उनले पनि खै के बुझिन कुन्नी ? रुपा दिउँसोको कुराले रिसाएकी थिइ, एक्कासी रुपाको याद आयो, फेसबुक खोले रुपा कसैसँग नबोल्नी भए पनि फेसबुक चलाउँथी कहिले काहीँ हाइ हेलो त हुन्थ्यो तर फेसबुकमा पनि खुलेर बोल्थिन । फेसबुक खोल्ने बित्तिकै मेरा आँखा सरासर अनलाइन को को छ भनी खोज्न थाल्यो हरियो बत्तीको साथमा रुपा पनि छे कि भनेर तर उ अनलाइन रहिनछ मन बुझाए उसको पोर्फाइल हेरेर । म उसको प्रेममा पागल थिएँ । नहोस् पनि कसरी, कसैले राम्री नदेखेको, कसैले आकर्षण नपाएको उनमा म एकोहोरो प्रेमी बनेर डुबिसकेको थिए“ । प्रेम दिवस नजिकिदै थियो, रुपा मस“ग बोल्न छाडेकी थिइ, भेट ह“ुदा तर्किने गर्र्थी । साथीहरूको गाईँगुर्इँ र जिस्काउने कामले हल्ला फैलिइसकेको थियो । त्यहि हल्ला सहन नसकेर  प्रेम दिवसको दिन बाटोमै रोकी प्रपोज गरँे, ऊ अचम्ममा परी, अनि हाँसी र रिसाउँदै मलाई सोध्नथाली, कुरा के हो ? के सोच्छौ मेरो        बारेमा ? म तिमीलाई प्रेम गर्छु । सिंगो जिन्दगी तिमीस“ग बिताउने सपना देखेको छु । थोरै काँपेर एकैसासमा भनिदिएँ । मलाई किन माया गरेको   त ? लभ गर्न त अरू पनि पाउँछौ नि त । ऊ रूखो बनि या उसको स्वर नै त्यस्तै भएर हो । मन अमिलो भयो । मेरो साँचो माया हो । तिमीसँग बाहेक अरूसँग यो भावना पलाएन । के देखेर मलाई प्रपोज गर्याै त ? नो भन्दिन भनेर हो ? सरि तिमी मन पर्दैन मलाई,के हेन्सम छौ, के राम्रा लेखहरु लेख्छौ भनेको थिए तिमीलाई प्रपोज नै गर्नुपर्छ उसले मेरो स्वाभिमानमा प्रहार गरी । मलाई कहिल्यै आफ्नो रूपमा पश्चाताप थिएन तर उसले गराइदिई । मलाई पहिलोचोटि आफू सुन्दर नभएकोमा दुख लाग्यो । म केही बोलिन । केवल मन भारी भइरह्यो । ऊ नै बोलीरही, प्लिज म यो माया प्रेमको चक्करमा पर्दिन। मेरो घर परिवारले मान्दैनन् । तिमीले मभन्दा पनि राम्री केटी पाउँछौ । मलाई बिर्सिदेउ । ऊ यति भनेर गई । मनले सोचिरह्यो सायद उसले चाहिँ ठानी होला कि मभन्दा पनि धेरै राम्रो केटा उसले पाउनेछे तर के मजस्तै मनले माया गर्ने पाउली र ? तेरो ठाउँमा अरू कुनै ह्याण्डसम केटा भएको भए उसले घर परिवार भन्दैनथी, सिधै भाग्थी । एउटा साथीले सम्झायो । मन न हो ऊ त्यति स्वार्र्थी पनि छैन होला भन्ने ठानीरह्यो । दिनहरु बित्दै गए, दुई बर्से कलेजियन लाइफ सकियो । साथीहरु गेट टुगेदर गर्दै गरौँला भनी बिदा हुँदै गए, मलाई चिन्ता लाग्न थाल्यो अब रुपालाई देख्न नपाउने भए भनेर, त्यो अन्तिम दिन रुपा सबैसँग खुलेर बोली तर मसँग बिरानो बनी । त्यसपछि हाम्रो कहिल्यै भेट भएन, फेसबुकमा मलाई ब्ल्क गरेकी थिई । अहिले प्रेम दिवस नजिकिदै छ आजभोली ऊ फेसबुकको पिपल यु मे नो मा नाम सहित देखा पर्छे तर म सक्दिन उसलाइ साथी बनाउन,न त सक्छु नै म्यासेज गर्न चुपचाप उसको प्रोफाइल खोल्छु उसका हरेक फोटोको लाइक कमेन्ट हेर्छु,यसरी नै दिनहरु बित्दैछन् मेरा । एक साँझ उसैले फ्रेण्ड रिकोएस्ट पठाइ, म खुशी खुशी एसेप्ट त गरे तर दुखी पनि उ अरु कसैकी भैसकेकी थिई । धेरैपछि उसले मेसेज गरी । मान्छे लेखक भैसकेछ । हामीलाई त बिर्सियौ होला है ? तिमीले नै बिर्सिनु भनेकी थियौ नि त । मैले टाइप गरेँ । अनि मैले जे भन्यो त्यही मान्ने हो त ? ऊ जिस्किने मुडमा थिई तर म थिइन । समयले मलाई भावुक बनाइसकेको थियो । कति धेरै केटी फ्यानहरू बनाएछौ । गर्लफ्रेण्ड पनि होलान् नि है दुई तीन जना त ऊ अझै जिस्किई । एउटी छ । तिमीजत्ति राम्री छैन । उसलाई मेरो रूप, लेखाई इत्यादि केहीको चासो छैन केवल मेरो मनस“ग प्रेम गरेकी छ । मेरो मेसेजको रिप्लाई आएन । सायद पश्चातापमा जल्दै होली । कुनैबेला ऊ मेरो नजरमा सुन्दरी थिई, त्यतिबेला समय पनि टक्क अडिन्थ्यो । तर आज समय पनि धेरै अघि बढिसकेको छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal