पत्रकार महासंघ पाल्पाको निर्वाचन २८ गतेलाई सारियो

shreenagarfm

पाल्पा, फागुन ५ 
नेपाल पत्रकार महासंघ पाल्पा शाखाको नयाँ नेतृत्व २८ गते चुनिने भएको छ ।
मंगलबार र बुधबार दुई दिनसम्म छलफल हँुदा पनि नयाँ नेतृत्वका बारेमा निष्र्कषमा पुग्न नसकेपछि सहमतिका साथ महासंघलाई अगाडि बढाउन २८ गते पुनः निर्वाचन गर्ने गरी अहिले स्थगन गरिएको पाल्पा शाखाले जनाएको छ । पत्रकार महासंघ पाल्पा शाखाको १० आँै अधिवेशनको केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र विष्टले सोमबार उद्घाटन गर्नुभएको थियो । मंगलबार भएको महासंघको बन्दसत्रले कोषाध्यक्षको लेखा प्रतिवेदन र सचिवको प्रतिवेदन पारित गरेको थियो । १ सय ११ साधारण सदस्य रहेको पाल्पा शाखाले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न लागेको हो । सबैलाई मिलाएर अघि बढ्नका लागि अधिवेशनको समय सारिएको पत्रकारहरुले बताएका छन् । 
 

पाल्पाली पत्रकारहरु पुरस्कृत

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १० आँै अधिवेशनको अवसरमा पाल्पाली पत्रकारहरु पुरस्कृत भएका छन् । 
अधिवेशनको अवसरमा  मेघ, गोविन्द, झपेन्द्र पत्रकारिता पुरस्कारबाट महासंघका केन्द्रीय पूर्व अध्यक्ष डा. शुरेस आचार्य, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेखीराम राना, कृष्ण पोखरेल र गीता ज्ञवाली पुरस्कृत हुनुभयो । सिर्जनशील पत्रकारिता पुरस्कारबाट कृष्ण दर्नाल, यज्ञमूर्ति तिमिल्सिना, मुक्ति न्यौपाने, टीकाराम बस्याल, सीता डोटेल, सिर्जना घिमिरेलाई पुरस्कृत गरिएको छ ।
सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट शंकर भण्डारी, मानवअधिकार पत्रकारिता पुरस्कारबाट राजकुमार आले, सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट भोजराज भट्टराई र ग्रामीण पत्रकारिता पुरस्कारबाट वासुदेव ढकाल पुरस्कृत हुनुभएको पत्रकार महासंघ पाल्पा शाखाले जनाएको छ । अधिवेशनको अवसरमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि ७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सो रकमको चेक कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले पाल्पा शाखालाई प्रदान गर्नुभएको हो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal