मुआब्जा र पुर्नवासको व्यवस्था गर्न ज्यामिरेवासीको माग

shreenagarfm

पाल्पा, फागनु १९ 
पूर्वी पाल्पाको ज्यामिरे ८ भुटुकेमा संचालन हुन लागेको होङ्सि सिमेन्ट उद्योगको प्रभावित क्षेत्रका जनताले मुआब्जा र पुर्नवासको माग गरेका छन् । उद्योगले पार्ने प्रभावको बारेमा वातावरण मन्त्रालयले तयार पारेको वातावरण प्रभाव मूल्याङ्कनको रिपोर्टमाथि मंगलबार तानसेनमा छलफलमा ज्यामिरे गाविसका विभिन्न वडावासीले पहिले आफूहरुको माग पूरा गरेर मात्रै उद्योग चलाउन आग्रह गरेका हुन् । वर्षौदेखि बस्दै आएको थातथलो जीविकोपार्जनका लागि भएका खेतबारीसमेत प्रभावित हुने भएकाले यस विषयमा गम्भीर बनिदिन उनीहरुले जिल्लाका राजनीतिक दल, मानवअधिकारकर्मी र पत्रकारहरुस“ग आग्रह गरेका छन् । जिल्ला विकास समितिको कार्यालयमा भएको छलफलमा सिमेन्ट उद्योगले पार्ने प्रभास, स्थानीय जनताले पाउनु पर्ने मुआब्जा र पुर्नवास लगाएतका बारेमा थप छलफल गर्नु आवश्यक भएकाले पुन स्थानीय जनतास“ग छलफल गरेर मात्रै अघि बढ्ने निर्णय भएको छ । 
छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लाका राजनैतिक दल, मानवअधिकार कर्मी, पत्रकार, ज्यामिरेका स्थानीय लगाएतले वातावरण प्रभाव मूल्याङ्कको बारेमा उल्लेखित रिपोर्ट अंग्रेजीमा भएकाले प्रभावित क्षेत्रका जनताले स्पष्ट रुपमा बुझ्ने गरी नेपालीमा हुनुपर्ने माग गरेका छन् ।  छलफलमा सहभागी उद्योगका उपमहाप्रबन्धक शिवरत्न अटलले उद्योग स्थापना पछि हुने फाइदाको मात्रै चर्चा गरेपछि त्यसको असरमा बारेमा पनि जानकारी दिन स्थानीयको माग छ । उद्योगको केन्द्रविन्दु र त्यसका असरहरु कहा“ र के पर्ने हो त्यसका बारेमा विस्तृत अध्ययन हुनुपर्ने स्थानीयको माग छ । 
जनताका माग पूरा गरेर मात्रै उद्योग संचालन हुनुपर्नेमा जोड दिदै राजनैतिक दलका जिल्ला नेताहरुले पनि थप छलफल गरेर मात्रै कामलाई अघि बढाउन प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीस“ग आग्रह गरेका छन् । सिमेन्ट उद्योगले स्थानीय केही व्यक्तिका जमिन किनेर काम गर्न थालेको बताइएकोे छ । झण्डै ४० वर्षका लागि नेपाल सरकारस“ग सहमति गरेर उद्योगले काम गर्ने तयारी गरेको छ । दक्षिण एसियाकै ठूलो उद्योगको रुपमा संचालन हुन लागेको सिमेन्ट उद्योगप्रति आफूहरु सकारात्मक रहेको तर स्थानीयको माग पूरा हुनुपर्नेमा ज्यामिरेवासीको माग छ ।   

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal