पाल्पाका चार क्याम्पस मध्ये २ मा निर्वाचन रोकियो

पाल्पा, फागुन १९
पुरानो क्याम्पसको रुपमा परिचित त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा निर्वाचन स्थगित भएको छ । मनोनयन दर्ता हुनु अघि नै क्याम्पस प्रमुख, निर्वाचन समिति, आम्दानी शाखा लगाएतका स्थानमा ताला लागेकाले निर्वाचन प्रकृया नै अघि बढ्न नसकेको क्याम्पस प्रमुख जीवनबहादुर थापाले जानकारी दिनुभयो ।
स्नातक चौथो वर्ष र स्नातकोत्तर दोश्र्रो वर्षका विद्यार्थीले उम्मेद्धार भएर जितेमा स्वतः परीक्षा सकिएको दिनदेखि निर्वाचित पद खारेज गर्ने त्रिविको निर्णयको विरोधमा ताला लगाएको नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराईले जानकारी दिनुभयो । भmण्डै दुई हजार विद्यार्थी रहेको त्रिवि पाल्पामा मतदाता भने १४६० विद्यार्थी मात्रै थिए । पहिलो वर्षका विद्यार्थी दोश्र्रोमा भर्ना नभएका, दोश्रो का तेश्र्रो, तेश्र्रो तहका विद्यार्थी चौथो तहमा भर्ना नभएकोले मतदाता विद्यार्थीको सख्या कम भएको क्याम्पस प्रशासनले जनाएको छ । पूर्वी पाल्पाको शहीद बहुमुखी क्याम्पस रामपुरमा पनि भोट दिन लाममा बसेका विद्यार्थी घर फर्किएका छन् । बुधबार हुने भनिएको निर्वाचनमा अखिलका विद्यार्थीहरुले मंगलबार बेलुकी नै क्याम्पस प्रशासनमा  ताला लगाएपछि निर्वाचन रोकिएको हो । उद्वुद्ध बहुमुखी क्याम्पस पूर्वखोला रिग्नेरह र माण्डव्य बहुमुखी क्याम्पस मदनपोखरामा भने १४ गते नै सहमतिका आधारमा स्ववियु निर्वाचन सम्पन्न भैसकेको छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal