पाल्पामा पहिलो पटक भ्यागुते रोग भेटियो

पाल्पा, चैत्र १७ 
पाल्पामा पहिलो पटक भ्यागुते रोग फेला परेको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारमा आएका पूर्वखोला गाउँपालिका–२ का ८ वर्षीय बालक कमल बारघरेलाई भ्यागुते रोग देखिएको हो । उनको मेडिकल कलेजको सघन कक्षमा उचार भइरहेको छ । घाँटी दुख्ने, ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि बालकलाई अस्पताल लगिएको थियो ।  जिल्लामै पहिलोपटक भ्यागुते रोगको बिरामी भेटिएपछि सजकता अपनाइएको जिल्ला स्वाथ्य कार्यालय पाल्पाले जनाएको छ । भ्यागुते रोग सरुवा भएकाले उनको परिवार र गाउँका ८० बढीलाई खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीका अनुसार भ्यागुते रोगबाट जोगिन बालबालिकालाई निर्धारित समयभित्रै तीन पटक डि.पि.टि. खोप अनिर्वाय लगाउनु पर्छ । जन्मिएको ६, १० र १४ हप्तामा गरी ३ पटक डि.पि.टि. खोप दिइने र यसको डोज बढाएर ६ देखी १२ वर्षको बीचमा एक पटक पुन खोप दिनुपर्छ । १२ वर्षपछि अर्काे पटक भ्यागुते रोग विरुद्ध खोप दिएपछि रोगको संक्रमण नहुने डाक्टरको भनाइ छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal