वैशाख ३१ मै चुनाव हुन्छ : एमाले नेता पौडेल

shreenagarfm

पाल्पा, चैत्र २८  
नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले बैशाख ३१ मै देशैभरका स्थानीय तहमा  चुनाव हुने बताउनुभएको छ । 
एमालेले चुनावको मिति सार्ने प्रस्ताव गरेको भन्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले केही दिन अघि बोलेको कुरालाई केन्द्रित गर्दे उपमहासचिव पौडेलले सरकारले चुनावको मिति सार्न चाहेको तर मिति सारौ भन्ने प्रस्ताव राख्न डराएर एमालेलाई आरोप लगायतको दाबी    गर्नुभयो ।
शनिबार तानसेनमा भएको एमाले  प्रदेश नम्बर ५ को संगठन कमिटीको बैठकका लागी पाल्पा आउनुभएका नेता पौडेलले पाल्पाली पत्रकारहरुस“गको भेटमा चुनावका लागि जनता तयारी अवस्थामा रहेकाले मिति सार्ने कुरामा एमाले सहमत हुन नसक्ने जिकिर गर्नुभयो । नेकपा एमाले सबै गाउ“ र नगरको निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा अडिक रहेका भन्दै एमाले प्रदेश नम्बर ५ का संयोजक समेत रहनुभएका नेता पौडेलले अहिलेको निर्वाचनमा हिमाल, पहाड र तराईका सबै जनता सामेल हुने उहा“को भनाइ छ । 
सरकारले संबिधान विपरीत संशोधनको प्रस्ताव ल्याएर तराई र पहाडलाई अलग गराउन खोजेको आरोप लगाउँदै त्यसको चेपुवामा ५ नम्बर प्रदेशपनि परेकाले लाखाँै जनता सडकमा उत्रिएर सरकारको असामयिक प्रस्तावलाई विफल पारिदिएको नेता पौडेलको भनाइ छ ।  पार्टीको  प्रदेश नम्बर ५ का संगठन कमिटीको बैठकमा सहभागी १२ जिल्लाकै अध्यक्षले जनाए अनुसार एमाले शतिmशाली पार्टी भएको भन्दै उहाँले स्थानीय तहको चुनावमा एमालेले बहुमत प्राप्त गर्ने नेता पौडेलको विश्वास थियो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal