कर्णेल उजीरसिंह थापाको पूर्णदकको सालिक अनावरण

shreenagarfm

पाल्पा, चैत्र २८
तानसेनको टुडिखेलमा निर्माण गरिएको कर्णेल उजीरसिहं थापाको पूर्णकदको सालिक नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अनावरण गर्नुभएको छ  । पाल्पा उद्योग वाणिज्य संघ र पाल्पास्थित चण्डीप्रसाद गणले निर्माण गरेको सालिकको शुक्रबार बिहान प्रधान सेनापति क्षत्रीले अनावरण गर्नुभएको हो । बुटवलको जितगडीमा अंग्रेज फौजस“ग भएको युद्धमा अंग्रेज फौजलाई हराएर कर्णेल थापाले इतिहास रच्नुभएको थियो ।
सालिक अनावरण पछि बोल्दै सेना प्रमुख क्षत्रीले नेपाली सेना सारा जनताको साझा राष्ट्रिय सेना भएकाले राष्ट्र र जनहितका सधै तयार रहेको बताउनुभयो ।  नेपालको सार्वभौमसतmा, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय  एकता लगाएत महत्वपूर्ण राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण, सम्बद्धन एवं प्रवद्धन गर्दै सम्पूण नेपालको हितका लागि सेना समर्पित भएको उहा“को भनाइ छ । जस्तो सुकै कठिन परिष्ठितिमा पनि संवेदनशील भई सेना निश्वार्थ भावले, देश र जनताप्रति समर्पित भइरहेको भन्दै राष्ट्र हितका लागि नेपाली सेनाले गरेका काममा जनताको सकारात्मक सहयोग रहेकोमा प्रधानसेनापति क्षत्रीले खुशी व्यतm     गर्नुभयो । कार्यक्रममा प्रधानसेनापति क्षत्रीले चण्डीप्रसाद गणले प्रकाशन गरेको पाल्पास“ग नेपाली सेनाको सम्बन्ध नामक पुस्तकको समेत विमोचन गर्नुभएको छ । चण्डीप्रसाद गणका गणपति कर्णेल दीर्घ बहादुर चन्दको स्वागत, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठको धन्यवादमा भएको कार्यक्रममा ईतिहासका जानकार निर्मल श्रेष्ठले कर्णेल उजिरसिंह थापाको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal