राष्ट्रिय युवा मोर्चाको उद्घाटन सत्र सम्पन्न

shreenagarfm

पाल्पा, चैत्र २८ 
भ्रष्टाचारीलाई संविधानमै देशद्रोहीको घोषणा गर्न माग गर्दै राष्ट्रिय जनमुतिm पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । तानसेनको टुडिखेल मैदानमा आइतबार राष्ट्रिय जनमुतिm पार्टीका महासचिव केशव सूर्यवंशीले भ्रष्ट्राचार विरुद्ध थालिएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । जनजागरण ¥यालीसहित तानसेनका विभिन्न भागको परिक्रमा गरी टुडिखेलको खुलामञ्चमा भएको उद्घाटन सत्रका प्रमुख अतिथि सूर्यवंशीले देशको प्रमुख समस्या भ्रष्ट्राचारलाई निर्मूल गर्ने नभई जरैदेखि उखेलेर फाल्नु पर्नेमा जोड   दिनुभयो  । युवाहरुको सहयोगमा जनमुतिm पार्टी आम नेपाली जनताको घरदैलोमा पुगेर भ्रष्ट्राचार विरुद्धको अभियानमा हस्ताक्षर संकलन गरिने महासचिव सूर्यवंशीले उद्घोष गर्नुभयो ।
असफल नेता र दलले सरकारको नेतृत्व गर्दा नेपालको विकास निर्माण धेरै पछि परेको विभिन्न उदाहरण दिँदै उहाँले देशका ठूला भनिएका दल र नेता नसुध्रिएकाले नेपालीको भविष्य सुनिश्चित नभएको दावी गर्नुभयो । कार्यक्रममा  राष्ट्रिय जनमुतिm पार्टीका उपमहासचिव एवं पार्टीका प्रचार विभाग प्रमुख टोप अस्लामी, संगठन विभागका प्रमुख एवं पार्टीका उपमहासचिव रामुपरियारले धर्मनिरपेक्षता, समावेसीयता र संघीय गणतन्त्रको माग राख्ने जनमुतिm पार्टीको विचारले अहिले देश चलेको भन्दै विभिन्न क्षेत्र र समुदायका माग पूरा हुने गरी संविधान संशोधन गरेर मात्रै स्थानीय तहको चुनाव हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज होमाया गुरुङ र अर्का उपाध्यक्ष एवं प्रवास  विभाग प्रमुख कमला थापाले महिला मुतिmको आवाज बुलन्द गर्ने राष्ट्रियजनमुतिm पार्टीमा सामेल हुन सबैस“ग अपिल गर्नुभयो । राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङले ठूला पार्टीले युवाहरुलाई दुरुपयोग गरेको आरोप लगाउनै युवा भविष्यको कर्णधार मात्रै नभई वर्तमानका साझेदारी पनि रहेको बताउनु भयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय महिला मोर्चाकी अध्यक्ष चन्दा थापा, राष्ट्रिय दलित मोर्चाका संयोजक हरी ओम बिकले राष्ट्रिय जनमुतिm पार्टीनै सच्चा समावेशी पार्टी भएको जिकिर गर्नुभयो । अधिवेशनको व्यवस्थापकीय जिल्ला जनमुतिm पार्टी पाल्पाका अध्यक्ष नारायणबहादुर क“ुवरले कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।  
मोर्चाका कार्यवाहक अध्यक्ष ममता बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मोर्चाका कोषाध्यक्ष एवं महाधिवेशन तयारी समितिका संयोजक शंकर गाहाले पाहुनाहरुको स्वागत गर्नुभएको थियो  । सचिव लालबहादुर गोतामेको संचालनमा भएको कार्यक्रममा विभिन्न साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । तानसेनको टक्सारटोल स्थित महाचैत्य विहारमा आज हुने बन्द सत्रले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।  ३८ जिल्लाका प्रतिनिधि र परीवेक्षक गरी १९० जनाको बन्द सत्रमा सहभागी रहेको मोर्चाले जनाएको छ । महाधिवेशन सम्पन्न गर्न झण्डै साढे ११ लाख खर्च हुने आयोजकले अनुमान गरेका छन् । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal