यताको चुनाव सर्याे

shreenagarfm

पाल्पा, वैशाख ११
यही वैशाख ३१ मा तय भएको स्थानीय तहको चुनाव दुई चरणमा हुने भएपछि प्रदेश  नम्बर ५ मा पर्ने पाल्पा, रुपन्देही, अर्घाखा“ची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लामा जेठ ३१ मा  मात्रै चुनाव हुने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद  बैठकले स्थानीय तहको चुनाव दुई चरणमा गर्ने निर्णय गरेपछि ५ नम्बर प्रदेशस“गै  १, २ र ७ नम्बर प्रदेशमा जेठ ३१ मा चुनाव हुने छ । प्रदेश नम्बर ५ मा १२ जिल्ला, १ नम्बर प्रदेशमा १४, २ नम्बर प्रदेशमा ८  र ७ नम्बर प्रदेशमा ९ वटा जिल्ला रहेका छन् ।
मधेसीमोर्चाले उठाएका माग सम्बोधन गर्दै तराई मधेशका जिल्लामा स्थानीय तहको संख्या थपिने भएकाले दुई चरणमा चुनाव हुन लागेको हो । प्रदेश नम्बर ३,४ र ६ मा भने यही वैशाख ३१ मै चुनाव हुनेछ । ३ नम्बर प्रदेशमा १३ जिल्ला, ४ नम्बर प्रदेशमा ११ र ६ नम्बर प्रदेशमा १० जिल्ला रहेका छन् । सरकारले तय गरेको दोस्रो चरणको निर्वाचनको समयमा मनसुन सुरु हुने   छ । दोस्रो चरणको चुनावताका रमादान महिना परेको भन्दै मुस्लिम समुदायले असन्तुष्टि जनाएका छन् । 
मनसुन सुरु भएसँगै आफूहरु खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले दोस्रो      चरणको चुनावी मिति उपयुतm नभएको पाल्पाका किसानहरुले गुनासो गरेका छन् । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal