३९ किलो चरेश सहित पाल्पामा दुई महिला पक्राउ

shreenagarfm

 
पाल्पा, बैशाख १४
 
३९ किलो चरेश सहित पाल्पामा दुई महिला पक्राउ परेका छन् । गुल्मी बाट बुटवल जादै गरेको लु १ ज ५७३१ नम्बरको बसमा सवार कोहलपुर नगरपालीका १३ वाकेकी  ३९ वर्षिया मन कुमारी चलाउने र उवा गाविस –६ रोल्पाकी  ३४ वर्षीया राजीपुरा रोका मगर बुधवार दिउसो  पक्राउ परेका हुन् । बिशेष सुराकीको आधारमा दिउसो २ बजे तानसेन स्थित लहरेपिपलमा बसनियन्त्रणमा
लिएर चेक जाच गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । राजीपुराको झोला बाट २३ किलो र मन कुमारीको साथ बाट १६ किलो चरेस भेटिएको प्रहरी उपरिक्षक हरीराज वाग्लेले जानकारी दिनुभयो ।
जेब्राझोलामा वसको सिटमुनि उनीहरुले चरेस लुकाएका थिए ।  पत्रकार सम्मेलन गरी प्रहरीले दिएको जानकारी अनुसार उनीहरु गुल्मीको भुवाचिदी बाट गाडी चढेका थिए । चालक, सहचालक र वस समेत नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाग्लुङ्गका बिभिन्न भेगवाट पछिल्लो समय लागुऔषध ओसार पसार गरी तराई लाने काम भैरहेको प्रहरीले जनाएको छ ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal