लोकसेवाको तयारी कक्षा संचालन

shreenagarfm

 
 
पाल्पा, वैशाख २५
सार्वजनिक सेवाका लागि लोकसेवा तयारी कक्षा तानसेनमा आइतबारदेखि संचालन भएको छ ।  आदिवासी जनजाति जिल्ला समन्वय समिति पाल्पाको प्रायोजनमा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाले आयोजना गरेको लोकसेवाको तयारी कक्षामा ९० बढीको सहभागी छ । बिहान ६ देखि ९ बजेसम्म मिलेनियम उच्च माविमा कक्षा संचालन हुने आयोजकले बताएका छन् ।
आइतबार भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रशिक्षकहरु जिल्ला स्वास्थ्य कार्यालयका शाखा अधिकृत मीनबहादुर घर्ती मगर र जिल्ला प्राविधिक कार्यालयका लेखाअधिकृत चुरा बहादुर सर्तुङे मगरले आफूलाई कमजोरी नसोची निरन्तर प्रयास गरे सफलता पाइने बताउनुभयो । जनजाति महासंघ पाल्पाका कोषाध्यक्ष बिष्णुकुमारी भुजेल (घर्ती) को अध्यक्षता  र उपाध्यक्ष प्रेमसागर शाहीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका शाखा अधिकृत मधुसुदन घर्ती, पत्रकार देव पचभैया, मगर संघ तानसेन नगर समितिका अध्यक्ष धनसिंग थापा, मगर संघ पाल्पाका नगेन्द्र थापा, मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष रुपा थापा लगायतले तालिमको सफताको कामना गरेका थिए । 
मगर विद्यार्थी संघका सचिव अमित रास्कोटीको संचालनमा भएको कार्यक्रममा महासंघ पाल्पाका सदस्य  खड्कबहादुर गुरुङले पाहुनाहरुको स्वागत गर्नुभएको थियो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal