छोराको उपचारमा सहयोग गर्न कल्पनाको अपिल

shreenagarfm

 
 
देव पचभैया
पाल्पा, वैशाख २५
बुढेसकालमा छोराछोरीले पाल्लान् र सुख पाउँला भन्ने आशामा रहेकी ४४ वर्षीया
कल्पना गिरीलाई झन् पिरलो थपिएको छ । दम र नसाका बिरामी ५९ वर्षीय श्रीमान् घनश्यामको स्याहारसुसार गर्न नपाउँदै २० वर्षीय छोरा गोविन्दसमेत थला परेपछि कल्पनाको दुःखको पहाड थपिएको हो । साविकको चिदिपानी गाविस खुमडाँडा पाल्पाकी कल्पनाकी श्रीमान्  बिरामी भएपछि  उपचारमा पैसाको अभाव भयो । त्यति बेला छोरा गोविन्द १८ वर्षका थिए । 
बाबाको उपचारकै लागि धन कमाउन भारत पसेका उनको दुई वर्षसम्म बम्बईको  एक होटलमा राम्रै कमाई पनि थियो । । तर एकाएक गोविन्द आफै बिरामी परे र उतै हराए । छोरो हराएको खबर पाएकी कल्पना गोविन्द खोज्न भारतको बम्बई ३ पटक जानुप¥यो । झण्डै दुई महिना बम्बईको गल्ली गल्ली भोकै पेट भौतारिनुभएकी कल्पनाले छोरा त फेला पार्नु भो तर बोल्नै नसक्ने गरी मानसिक सन्तुलन गुमाएको अवस्थामा । छोराभेटिदा सायदै यति खुसी कहिल्यै भइन, आ“सु पुच्छै कल्पनाले भन्नुभयो त्यो खुसी धेरै समय टिकेन त्यसपछि चुहेका आँसु अहिलेसम्म रोकिएको छैन । आफन्त र छरछिमेकीको सहयोगमा काठमाण्डौँ भैरहवा र पाल्पामा छोराको उपचार गर्दा तीनलाख बढी खर्चिएको बताउने कल्पनाले अब माग्नै ठाउँ कहीँ नभएको गुनासो गर्नुभयो । कति ठाउँमा भिखारी भएँ, बोक्सी र चोर पनि भने, छोरा बचाउन सबैकुरा सहँे, श्रीनगर एफ.एमको कार्यालयमा पीडा सुनाउन एका बिहानै आउनुभएकी उहाँको प्रश्न थियो काम गर्न नसकेर माग्न आएकी भन्नेलाई के थाहा मेरो घरको हालत यस्तो छ भनेर ? एक वर्ष अघि बिरामी छोराले भनेका थिए उतैको मान्छेले हानेर बिरामी पारेको । त्यसपछि बोली बसेका गोविन्द न हिड्न सक्छन् न राम्ररी खान नै । टाउकोमा गम्भीरचोट लागेकाले मानसिक अवस्था बिग्रिको तर लामो समय औषधि खुवाए निको हुने डाक्टरले भनेको सम्झिदै उहाँले भन्नुभयो ‘मुखमा माडलाउने उपाय छैन, बिरामी छोरा र श्रीमानको दबाई कसरी गरुँ ।’ पीडै पीडामा रुमल्लिनुभएकी कल्पना दिदीले एकोहोरो बोलीरहनुभयो जिल्ला अस्पतालमा धेरै पटक  १० रुपियाँको टिकट काटेर डाक्टरलाई     देखाएँ । औषधि बाहिर किन्  भन्छन्, सिटामोल मात्रै ल्याएँ । अरु त कसरी किन्नु, आफूसँग एक सुको छैन, मिसनमा दिएको औषधिले छोरा झन बौलायो, उतिबेलै गाविस गएँ १५ सय दिए,  सिडियो सापकोमा रोएँ , १५ सय पाए त्यसभन्दा बढी सरकारको सहयोग केही पाएकी छैन । माइतीमा पनि धेरै दुःख सहेको बताउने कल्पनाले छोराको उपचारका लागि सके  सहयोग नसके ऋण दिन आग्रह गर्नुभएको छ । केरा बेचेर ५ कलास पढेकी छु, छोरा ठिक भए सके कामै गरुँला, नसके भाडा माझेर पनि पैसा तिरुँला भन्ने आँट छ, आफू धेरै पटक कमजोरीले ढले पनि बिरामी श्रीमान् र छोरालाई ढल्न नदिनु भएकी कल्पनाले भन्नुभयो छोरा ठिक पार्ने  भगवान् कहाँ होलान् ? मेरो आँखाको आँसु कसले पुछिदेला ?
कल्पनाले भन्नुभयो धर्तीमा कसरी उभिएकी छु, आफैलाई अचम्म लाग्छ, छोरी पोइल गएकी ११ वर्ष हुँदा पनि जन्म दिने बावुआमा भेट्न फर्किएर आएकी छैन । सम्पतिको नाउमा केही नभएकी कल्पनाको छाप्रो घर पनि भुइँचालोले भत्काइदियो । अंशको नाउमा श्रीमान्को भागमा एक टुक्रा जमिन त छ, तर उनको नाउमा छैन । दुखियालाई कतैबाट पनि नहुने रैछ, उहाँको रुवाइलाई रोक्दै मैले सोधे तपाईलाई सहयोग गर्न चाहानेले कहाँ भेट्न सक्छन् त ? छोराकै मोवाइल नम्बर छ, भन्न जान्दैन उता बाट आए उठाउँछु ।  
सहकर्मी डोल बहादुर विकले आफ्नो मोवाइलमा फोन गरेर उहाँको नम्बर पत्तालगाएँ ९८६१५१४४३१ । सुको पैसा नभएपछि मडिग्राममा एक हप्तालाई गहुँ काट्न गएँ । दिनको चारसयमा । घरमा छोराले दवाई छुटाएछ, श्रीमान्ले उति ख्याल गरेनन् कि ? पछिल्लो घटना सुनाउँदै उहाँले भन्नुभयो त्यसपछि छोरा झन् थला प¥र्यो । सहारा कहाँ पाइएला, कुराकानीको अन्त्यमा कल्पना दिदीको भनाइ थियो भगवान्ले पनि हुने खानैकै कुरा सुन्छन् क्यारे, दुःखी लाई हेर्ने सरकार कहाँ छन् ? दुःखको बेला आफ्नो घरमा कोही नआएको भन्दै उहाँको आग्रह छ, सहयोग गर्नेपर्छ भन्ने छैन, एक पटक मेरो घरमा आएर मेरो दुःख देखे पनि मलाई हलुङ्गो हुन्थ्यो होला ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal