मातृभाषा साक्षरता कार्यक्रम सम्पन्न

shreenagarfm

 
पाल्पा, वैशाख २८ 
नेपाल मगरसंघ, जिल्ला समिति पाल्पाको आयोजनामा मगरजातिको मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम बुधबार तानसेनमा सम्पन्न भएको छ । आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरको आर्थिक सहयोगमा ३ दिनसम्म चलेको साक्षरता कार्यक्रममा जिल्लाका विभिन्न स्थानका  ६० बढीको सहभागिता थियो । 
मगर संघ पाल्पाको सभाहलमा भएको कार्यक्रममा अधिवतmा दोलख रास्कोटी, मगरभाषाका प्रशिक्षक हरीबहादुर सारु लगायतले सहजीकरण गर्नुभएको मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहाले जानकारी दिनुभयो । 
सोमबारदेखि सुरु प्रशिक्षण कार्यक्रमको आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुगमन प्रमुख प्रदिपलाल बज्राचार्यले उद्घाटन गर्नुभएको थियो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal