श्रीनगर एफ.एमको कार्यक्रम उत्कृष्ट : अनुगमन प्रमुख बजा्रचार्य

shreenagarfm

पाल्पा, वैशाख २८ 
आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरको आर्थिक सहयोगमा श्रीनगर एफ.एम पाल्पाले सञ्चालन गरेको आदीवासी आवाज रेडियो कार्यक्रम नेपालकै उत्कृष्ट भएको अनुगमन प्रमुखले बताउनुभएको छ । प्रतिष्ठानको सहयोगमा गएको चैत्र महिना देखि श्रीनगर एफ.एमबाट उत्पादन र प्रसारण भैरहेको रेडियो कार्यक्रमको अनुगमनका लागि पाल्पा आउनुभएका प्रतिष्ठानका अनुगमन प्रमुख प्रदिपलाल बज्राचार्यले कार्यक्रमको विषयवस्तु, प्रस्तुति र यसले पारेका प्रभाव लगायतका हिसाबले श्रीनगर एफ.एमको कार्यक्रम देशकै उत्कृष्ट भएको दावी गर्नुभएको   हो । 
आफूले देशका विभिन्न जिल्लामा वर्षौअघिदेखि यसरी नै सञ्चालन भएका रेडियो कार्यक्रमको अनुगमन गरेको स्मरण गर्दै उहाँले थोरै रकममा पनि श्रीनगर एफ.एमले उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर प्रतिष्ठानको गरिमालाई समेत उचो पारेको बताउनुभयो । बजेटको अभावमा यस वर्ष आमसंचारको क्षेत्रमा थोरै रकम खर्चिएको भन्दै अनुगमन प्रमुख बज्राचार्यले श्रीनगर एफ.एमलाई दिइएको पैसा र रेडियोले उत्पादन प्रसारण गरेको कार्यक्रम हेर्दा रेडियोलाई अन्याय भएको आफूले महसुस गरेको बताउनुभयो । 
हरेक हप्ताको शनिबार बिहान सवा ८ देखि नौ बजेको हाराहारीमा श्रीनगर एफ.एमबाट प्रशारण भैरहेको रेडियो कार्यक्रममा जिल्लामा रहेका सबै आदिवासी जनजातिका अवस्था, उनीहरुको भाषा, संस्कृति, रहनसहन , राजनैतिक पहँुच लगायतका विषयलाई समेटेर कार्यक्रम निर्माण भएको श्रीनगर एफ.एमका स्टेसन म्यानेजर देव पचभैयाले जानकारी दिनुभयो । आदीवासी आवाज रेडियो कार्यक्रमको  उत्पादक एवम् सञ्चालकसमेत रहनुभएका स्टेसन म्यानेजर पचभैयाले प्रतिष्ठानबाट प्राप्त आर्थिक सहयोगले असार मसान्तमै कार्यक्रम सकिने भए पनि रेडियो स्थापना भएको १५ वर्ष अघिदेखि नै श्रीनगर एफ.एमले आदीवासी जनजातिका सवालमा रेडियो कार्यक्रम सञ्चालन गर्र्दै आएको र आगामी समयमा पनि यो कार्यक्रमले निरन्तरता पाइरहने जानकारी दिनुभयो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal