यसरी दिनुपर्छ भोट

shreenagarfm

पाल्पा, वैशाख २८
स्थानीय तहको पहिलोचरणमा हुने चुनाव आउन ३ दिन मात्रै  बाँकी छ । पाल्पा लगायतका जिल्लामा जेठ ३१ मा निर्वाचन हुँदैछ । तर कुन पदमा मतपत्रको कहाँनेर स्वस्तिक छाप लगाउने, मत बदर हुने अवस्था लगायतका विषयमा धेरै जनता अझै अन्ल्यौलमै छन् । गाउँपालिका वा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य, दुई जना खुला वडा सदस्यसहित ७ जनालाई भोट हाल्नुपर्छ भन्ने ज्ञान मतदाताले राम्ररी भेउ पाएका छैनन् । निर्वाचन आयोगले केही ठाउँमा मतदाता शिक्षा कार्यकर्ता त पठाएको छ तर सबैठाउँमा उनीहरु पुग्न सकेका छैनन् । पुगेका ठाउँका मानिस पनि अलमलमै छन् । 
कसरी हाल्ने भोट
अहिलेको चुनावमा ७ जना जनप्रतिनिधिको लागि ७ ठाउँमा भोट हाल्नुपर्छ ।
पहिलो खण्डमा पहिलो, दोस्रो, तेस्रो गरेर लहरै राजनीतिक दलका चुनाव चिन्ह राखिएका छन् । यस्तै दोस्रो खण्डमा स्वतन्त्र उमेदवारका चिन्ह राखिएका छन् ।
हरेक लहरमा आफूलाई मन परेको उमेदवारको लागि दिइएको चुनाव चिन्हमा मतदान गर्नुपर्छ । गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुखको लागि एक ठाउ“मा, उपप्रमुखको लागि एक ठाउँमा, वडा अध्यक्षका लागि एक ठाउँमा, महिला वडा सदस्यका लागि एक ठाउँमा, दलित महिला सदस्यका लागि एक ठाउँमा र दुई जना खुला वडा सदस्यका लागि २ ठाउँमै मत दिनुपर्छ ।  झुक्किन नहुने कुरा के छ भने छैठौँमा एउटा र सातौँ नम्बरमा उस्तै २ वटा चुनाव चिन्ह भए पनि एउटै उमेदवारको हो । खुला वडा सदस्यको लागि छैठौँ कोठामा एउटा र साताँै कोठामा एउटा छाप लगाउनुपर्छ । 
कस्तो अवस्थामा मत बदर हुन्छ ? 
गएको निर्वाचनमा पाल्पा जिल्लाका अधिकांश साविकका गाविसहरुमा धेरै भोट बदर भएका थिए । एउटै चुनाव चिन्हमा दुई वटा स्वस्तिक छाप लगाउने, हातकै आँैलाले छाप लगाउने, दलीय चुनाव चिन्हभन्दा बाहिर लगाउने, मसी लतपत्याउने लगायतका समस्याले जिल्लाका धेरै मत बिग्रिएका थिए । अहिलेको स्थानीय तहको निर्वाचनमा पनि त्यस्तो समस्या दोहोरिने देखिएको छ । जसले गर्दा जित्ने उमेदवारले हार्ने र हार्नेले जित्ने अवस्था आउन सक्छ । त्यसकारण कसरी मत बदर हुन्छ भन्ने जानकारी सबैलाई हुनु आवश्यक छ ।
सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, आ“ैठाछाप लगाई वा तोकिएको छापबाहेक अरु चिन्ह वा छाप लगाई मत दिएमा, मत सङ्केत चिन्ह नबुझेने गरी लतपतिएको वा च्यातिएमा मत बदर हुन्छ । त्यस्तै, उमेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र सङ्केत गरेमा, उमेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत सङकेत गरेमा, निर्वाचन गर्नुपर्ने सङ्ख्याभन्दा बढी उमेदवारको निर्वाचन चिन्ह भएका कोठामा छुट्टाछुट्टै मत सङ्केत गरेमा पनि मत बदर हुन्छ । त्यस्तै एक भन्दा बढी उमेदवारको निर्वाचन चिन्ह भएका कोठामा मत सङ्केतको चिन्ह पर्ने गरी मत सङ्केत गरेमा, मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिएको अवस्थामा, कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरेमा, निर्वाचन आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखेमा र जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र फेला परेमा हामीले दिएको भोट त्यसै खेर जानेछ । 
अझै भोट हालेपछि पनि सजकता अपनाउनु पर्छ । मत सङ्केत वा स्वस्तिक चिन्ह लगाईसकेपछि तत्कालै मतपत्र पट्याउनु हँुदैन । त्यसरी मतपत्र पट्याउँदा एक ठाउँमा लागेको मसी अन्यत्र लाग्न सक्छ । यसरी मसी लतपत भएमा मत बदर हुनेछ । मतपत्र पट्याउँदा च्यातिन सक्ने भएकाले पनि ढंग पु¥याउनुपर्छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal