शीर्ष नेता आज दिनभर चुनावी प्रचारमा व्यस्त

काठमाडौं, वैशाख २८ 
दलका शीर्ष नेताहरु बिहीबार दिनैभरि चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । 
कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार तीन जिल्लाका कार्यक्रममा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । उहाँले चितवनको भरतपुर, लमजुङको सुन्दरबजार र काठमाडौंको असन तथा बुढानिलकण्ठमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
भरतपुरको मेयरमा कांग्रेसले माओवादीका उम्मेद्वार रेणु दाहाललाई समर्थन गरेका कारण कांग्रेस र माओवादीले संयुक्त चुनावी सभा आयोजना गरिएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भरतपुरमै हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 
एमाले वरिष्ठ नेता झलनाथ खनालले काठमाडौंमा तथा नेता माधवकुमार नेपालले काठमाडौंको कागेश्वरी, ललिपतपरको महालक्ष्मी र काठमाडौको कीर्तिपुरमा सभालाई सम्बोधन गर्नुहुने एमालेले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर तथा काठमाडौंको नागार्जुन र कीर्तिपुरमा सम्बोधन गर्नु बताइएको छ । 
राप्रपाका अध्यक्ष कमल थापा, नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता पनि चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ  । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal