तेक्वाण्डोको पेटी परीक्षा सम्पन्न

shreenagarfm

पाल्पा, जेष्ठ ८ 
आईटी एफ तेक्वाण्दो पाल्पाको पेटी परीक्षा भएको छ । पाल्पा आइटिएफ तेक्वाण्डो जिल्ला समितिको आयोजनामा शनिबार तानसेनको बेथल बोर्डिङ स्कुलमा भएको परीक्षामा जिल्लाका ६ दोजाङबाट १८३ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
बेथल तेक्वान्डो दोजाङ, मदरल्यान्ड तेक्वान्डो दोजाङ, प्रिपेटोरी तेक्वान्डो दोजाङ, प्यारागन तेक्वान्डो दोजाङ, प्रशान्ति दोजाङ र रामपुर दोजाङका परीक्षार्थीको सहभागिता रहेको पेटी परीक्षामा सेतो पेटीमा २७ जना, पहेलो पेटीमा १९, पहेलो हरियो पेटीमा २६, हरियोमा १६, हरियो निलोमा २३ जना, निलोमा २१, निलो रातोमा १७ जना र रातोमा १५ जना खेलाडी सहभागी थिए । संघका अध्यक्ष तथा अन्र्राष्ट्रिय प्रशिक्षक नीरबहादुर सारुले तेक्वाण्डोका खेलाडीहरुलाई अनुशासित हुँदै पढाईसँगसँगै खेललाई निरन्तरता दिन आग्रह गर्नुभयो । 
उहाँले जिल्लामा तेक्वान्डोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक सहितको गरिमामय सफलताहरु पाई सकेको भन्दै खेलको विकासका लागि संघले खेल प्रतियोगिता, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय प्रशिक्षक नीरबहादुर सारुले लिनु भएको  प्रतियोगिता संचालनको कार्यक्रम नगेन्द्र मल्लले गर्नु भएको थियो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal