१५ वर्षलाई पुग्ने गरी पानी आउँछ : डिभिजन प्रमुख शाक्य

shreenagarfm

 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले कालीनदीबाट आउने पानीले कम्तीमा १५ वर्षलाई थेग्ने बताउनुभएको छ । श्रीनगर खबरसँगको कुराकानीमा आइतबार सम्झौता भई पानी ल्याउने काम सुरु भएको भन्दै आउने १८ महिनामै दैनिक ३० देखि ३५ लाख लिटर पानी तानसेनमा आउने र पुरानै स्रोतलाई बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।  
— कालीगण्डकी तानसेन खानेपानी आयोजनाको डिपिआर हुँदा तयार भएको आयोजनाको कुललागत ३९ करोड ४६ लाख १० हजार हो ।  खाने पानी संरचना निर्माणको लागि मात्रै करिब २५ करोड ३५ लाख हामीले ठेक्का गरेका थियाँै । जस मध्ये अहिले हामी २५ करोड १९ लाख ९६ हजार बराबरको सिभिल कन्ट्याकको मुख्य खानेपानी संरचनाको कामको लागि एग्रिमेन्ट गरेका छौँ । यो कालीगण्डकी खानेपानी आयोजनालाई मुख्य ४ भागमा विभाजन गरेर  कामलाई अगाडि बढाउँदै छौँ । 
खानेपानी मुख्य संरचनाहरुको ठेक्का आइतबार भएको हो । अब  विद्युतीकरणको लागि हामीले विद्युत प्राधिकरणमार्फत एग्रिमेन्ट गरेका छाँै । विद्युतलाई करिब सवा २ करोड पैसा उपलब्ध गराएका छौँ । त्यो विद्युतको पनि ठेक्का अनुसारको एग्रिमेन्ट हुने क्रममा पुगिसकेको छ । अब  पानी प्रशोधन केन्द्र निमार्ण गर्ने काम बाँकी छ । यो पहिलो चरणको कालीगण्डकीको पानीको गुणस्तरलाई चेकजाँच गरेर के कस्तो अवस्थाको पानी हामीलाई प्राप्त हुन्छ त्यो अनुसारको खानेपानी गुणस्तर ट्रिटमेन्टको योजना बनाएर अघि बढ्छाँै । पानी कति आउँछ ? त्यसले तानसेनलाई पुग्छ कि पुग्दैन नि ? 
— कालीगण्डकी तानसेन खानेपानी आयोजना अन्तरगत १८ घण्टा पम्प चलाउँदा प्रतिदिन ३० लाख लिटरपानी हामीलाई थप हुने हो । अहिलेको
मौजुदा सिस्टमलाई सुधार गरेर १५ देखि १९ लाख लिटर पानी प्राप्त हुन्छ भन्ने अपेक्षा गरेका छौँ । सुधारको काम भइरहेको छ । टोटलमा अहिलेको जनसंख्यालाई आवश्यक पानी करिब सुख्खा समयमा दैनिक ३० लाख लिटर हो । हाम्रा पुराना संरचनालाई पनि निरन्तर रुपमा चलाउन सके पानीको समस्या हट्ने छ । 
योजना होला नि ? कति वर्षलाई पुग्छ, त्यसपछिको उपाए के गर्ने भन्ने ? 
– अहिले प्राप्त पानी र कालीगण्डकी तानसेनबाट प्राप्त हुने पानी दुबैलाई हामीले हिसाब गर्दा बढ्दो जनसंख्या भए पनि १५ वर्षको अवधिसम्मको लागि हामीलाई पानी पुग्छ ।  
अब के १८ महिनाभित्रै तानसेनमा पानी आउने हो ? समयमै काम सकिन्छ र पानी आउँछ भन्ने आधार के छ ?
— सबैको चासोको विषय नै यही छ । किन भन्दा कन्ट्रयाकको समयभित्र काम नहुने विडम्बनाको विषय हो । मलाई लाग्छ कामको प्रकृतिलाई हेर्दा खासै त्यस्तो जटिल छैन । ५ लिफ्टको पम्पिङ सिस्टमबाट पानी ल्याउने हो । काम गर्न सक्ने क्षमता भएका निर्माण व्यवसायी छनोट भएको छ । निर्माण व्यवसायी, उपभोक्ता समितिका प्रतिनिधि र खानेपानी डिभिजन कार्यालयका प्रतिनिधिहरु बसेर अन्तरक्रिया र छलफल गर्दा पनि हामी धेरै  आशावादी छौँ । १८ महिनाभित्रै  पानी प्राप्त       हुन्छ । यदि कुनै दुर्घटना भवितव्य भएन भने आशा गरौँ हामीलाई १८ महिनाभित्रै पक्कै प्राप्त हुनेछ । 
अब गण्डकीको पानी हो । धमिलो हुन्छ होला, अझ लास गाड्ने, बगाउने ठाउँको पानी कस्तो आउने होला  ? 
– राम्रो प्रश्न गर्नुभयो अब , कालीगण्डकी भन्ने बित्तिकै पञ्चतत्व मिसिएको पानी नै भन्दा हुन्छ । यस्तो पानी सिधै पिउँदा धेरै थरीका नोक्सानी पु¥याउ“छ । त्यसैले यो योजनामा प्रशोधन प्रणाली, पानी प्रशोधन केन्द्र पनि राखिने भएकाले यो योजनामा पानीलाई पिउन योग्य बनाएर लिफ्ट गर्ने हो ।
तेस्रो स्टेसनबाट पानीलाई पिउन योग्य बनाएर मात्रै बजारको ट्याङकीसम्म लिफ्ट गर्ने योजना छ । 
बिजुलीपानी भनेपछि त महंगो पर्ला नि ? 
डिपीआरको अध्ययनका क्रममा हामीले यसको एनालाइसिस गरेका छाँै ।
हाम्रो अनुमान सामान्य परिवारको लागि ५५० रुपैयाँ प्रति १० हजार लिटरको पर्छ भनेर सिफारिस गरेको हो । करिव ६०० किलोवाट विद्युत शक्ति खर्च गरेर पानी तानेर ल्याउने हो महंगो पक्कै पनि छ । घरदैलोम पानी प¥याउदा सेवा शुल्क बढी लाग्नु स्वाभाविकै हो ।  तर टयाङकरबाट किनेको पानी भन्दा धेरै सस्तो हुन्छ ।त्यसैले पहिले यो योजनालाई सबै मिलेर सफल पार्नु पर्छ । मूल्यको विषयमा जनताको राय अनुसार अघि बढ्न सकिन्छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal