कालीगण्डकीको पानी तानसेनमा

shreenagarfm

पाल्पा, जेष्ठ ८
कालीगण्डकी नदीको पानी रानीघाटबाट तानसेनमा आउने भएको छ । १८ महिनाभित्रै पानी ल्याउने गरी निर्माण व्यवसायी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र कालीगण्डकी —तानसेन खानेपानी उपभोतmा समिति बीच आइतबार सम्झौता भएको हो । कालीगण्डकी तानसेन बृहत पम्पीङ खानेपानी योजनाको निर्माण कार्य सम्पन्न गर्न  २५ करोड १९ लाख ९६ हजार ५ सय ८१ रुपिया“मा रभनजेभी मृतसञ्जिवनी काठमाण्डाँैसँग सम्झौता भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख केशव लाल शाक्यले जानकारी दिनुभयो । ठेक्का सम्झौता कार्यक्रममा डिभिजन प्रमुख शाक्यले योजनाले लाभान्वित हुने क्षेत्र लगायत विस्तृत विवरण पेश गर्नुभएको थियो । 
कार्यक्रममा निर्माण व्यवसायीका तर्फबाट गौरीप्रसाद उप्रेतीले समयमै सम्पन्न हुने गरी गुणस्तरीय काम गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो । सम्झौता कार्यक्रममा कालीगण्डकी—तानसेन खानेपानी उपभोतmा समितिका अध्यक्ष चकोरमान शाक्य, उपाध्यक्ष डाक्टर पुरन बज्राचार्य, सचिव केशव पौडेल र कोषाध्यक्ष भीमसेन कार्कीले गुणस्तरीय काम छिटो सम्पन्न गर्नका लागि समितिले गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने बताउनुभयो । १८ महिनामै सकाउनुपर्ने योजना ५ पटकसम्म लिफ्टिङ्ग गरी छैठौ  स्टेसनबाट ग्राभेटी सिस्टम (डाँडाबाट वरालो झर्ने) गरी बतासे डा“डाको टङ्कीमा आउने इन्जिनियर उत्सव पोखरेलले जानकारी दिनुभयो । रानीघाटबाट कालीनदीको पानी ल्याउने योजना सम्पन्न हँुदा तानसेनमा दैनिक ३० देखि ३५ लाख लिटर पानी आपूर्ति हुने बताइएको छ । 
अहिले  दैनिक ३० लाख लिटर पानीको माग भएपनि दैनिक ८ लाख लिटर मात्रै आपूर्ति हु“दा तानसेनमा पानीको अभाव भएको हो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal