निर्वाचनका बारेमा जानकारी

shreenagarfm

पाल्पा, जेठ १५
जिल्ला निर्वाचन कार्यालय पाल्पाले जेठ ३१ मा हुन लागेको स्थानीय तहको चुनावको तयारी लगायतका बारेमा पाल्पाका पत्रकार र  नागरिक समाजका प्रतिनिधिलाई जानकारी दिएको छ । बिहीबार जिल्ला विकास समितिको सभाहलमा कार्यक्रम गरेर जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख धर्मा अर्यालले निर्वाचनको तयारी, आचार संहिता,  चुनावका बारेमा रहेका ऐन नियम, भोट दिने तरिका लगायतका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालयका प्रमुख अर्यालले चुनाव सम्पन्न गर्न सबैको सहयोग चाहिने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी पछि जिल्ला प्रशासनको तर्फबाट पत्रकारसँग भएको छलफलमा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा शान्ति सुरक्षा मजुवद पारिएको बताउनुभएको छ । जिल्लाका नेपाली सेना, जनपथ प्रहरी,  सशस्त्रप्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुलाईस“गै राखेर अन्र्तक्रिया गर्नुभएका प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचन पछि गरेर तीन चरणमा योजना बनाएर शान्तिसुरक्षाको वातावरणलाई  बलियो बनाइने जानकारी दिनुभएको हो । निर्वाचन विरोधी गतिविध गर्ने जो कोहीलाई पनि कारवाही गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले निर्वाचन सफल पार्न सबै जिल्लाबासीको सकारात्मक सहयोग प्राप्त हुने विश्वास गर्नुभएको छ । कार्यक्रममा पाल्पाको चुनाव सफल बनाउन स्याङ्जा, तनहँु लगायतका छिमेकी जिल्लासँग सीमा जोडिएका क्षेत्रमा समेत सुरक्षा सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हरीराज वाग्लेले जानकारी दिनुभयो । 
 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal