निर्वाचन आचार संहिताको उल्लङ्घन

shreenagarfm

देव पचभैया
पाल्पा, जेठ १५ 
यही जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका राजनैतिक दल र नेता कार्यकर्ताले चुनावी आचारसंहिताको उल्लङ्घन गर्न थालेका छन् । प्रचार प्रसार र  घरदैलो अभियानलाई  तीव्र पार्दे अघि बढेका दल, नेता, उम्मेदवार र तिनका कार्यकर्ताले आचारसहिता विपरीत चुनाव चिन्ह अंकित कपडा (टिर्सट र टोपी)  बाँडिरहेका छन् । गाडीका गाडी चुनाव चिन्ह लेखिएका कपडा पाल्पा भित्रिरहेको सवारी चालकको भनाइ छ  ।  
 
 
 
 
बालबालिका समेत पार्टीका टिर्सट, टोपी लगाएर प्रचार प्रसारमा सामेल भएका छन् । चुनाव चिन्ह अङ्कित कपडा लगाएका केही युवा र बृद्धहरु रक्सीले मातेर बाटैमा सुतेको दृश्य समेत देखिन थालेको छ । तानसेनको सितलपार्टी दलीय झण्डाले घेरिएका छन् । हुलाक  अगाडि रहेको मन्दिरको वरिपरि राजनैतिक दलका झण्डा फरफराएको छ । जिल्ला निर्वाचन कार्यालयले समेत मन्दिरका भित्तामा चुनावी शिक्षाको जानकारी समेटिएको पोस्टर टाँसेको छ । बिजुलीका खम्बा र पाटीपौवामा समेत दलका झण्डा राखिएका छन्  ।  उम्मेदवारको पैसामा गाउँमा डोजर चलेको पनि गुनासा आएका छन् । टोल टोलमा दैनिक खसी बाख्रा ढालेर भोज खुवाउने गरेका केही उम्मेदवारले आर्थिक सहयोगको प्रलोभन देखाएको मतदाताको भनाइ छ । निर्वाचन आचार संहित विपरीत काम गर्ने जोकोहीलाई कानुन अनुसार कारवाही गर्ने चेतावनी दिँदै प्रमुख निर्वाचन अधिकृत भरतमणि खनालले अहिलेसम्म कुनै उजुरी नआएको बताउनुभएको छ । अनुगमनलाई तीव्र पारेका छौँ, प्रमुख निर्वाचन अधिकृत खनालले भन्नुभयो कानुन विपरीत गर्नेलाई अवश्य कारवाही हुन्छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal