जङ्गली च्याउ खाँदा रामपुरमा एकको मृत्यु ११ बिरामी

shreenagarfm

पाल्पा, जेठ १५ 
जङ्गली च्याउ खाँदा पाल्पाको रामपुरमा एक शिक्षकको ज्यान गएको छ । ११ जना बिरामी परेका छन् । शनिबार बेलुकी जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा रामपुर नगरपालिका ३ का ५४ वर्षीय टेकबहादुर मल्लको ज्यान गएको हो ।
सीताकुण्ड माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका मल्लको उपचारको क्रममा प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोछ । सँगै च्याउ खाएका टेक बहादुरका श्रीमती ४८ वर्षीया शोभा कुमारीको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ । च्याउ खाएर बिरामी परेका सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal