महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिता जारी

shreenagarfm

पाल्पा, जेठ १८ 
मंगलबार देखि पाल्पा र स्याङ्जामा शुरु भएको  एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज पनि दुई जिल्लामा गरी ६ समूहबीच प्रतिस्पर्धा हँुदैछ । तानसेनको टँुडिखेलमैदानमा बुधबार भएको तीन समूह बीचको प्रतिस्पर्धामा कैलाली, सिन्धुपाल्चोक र ताप्लेजुङ विजयी भएका छन् । 
 
 
 
 
बिहान ८ बजे भएको कैलाली र उदयपुरबीचको खेलमा उदयपुरलाई १ का विरुद्ध २ गोल गर्दे कैलाली विजयी भएको छ । दिउसो २ बजे ताप्लेजुङ र सप्तरीबीच भएको खेलमा सप्तरीलाई शून्यका विरुद्ध १० गोल गर्दे ताप्लेजुङ विजयी भएको हो । त्यस्तै चार बजे सिन्धुपाल्चोक र सिन्धुलीबीचको भएको खेलमा शून्यका विरुद्ध ५ गोल गर्दैे सिल्धुपाल्चोक विजयी भएको छ । आज  बिहान ९ बजे हुने पहिलो खेलमा दाङ र महोत्तरी, दिउँसो २ बजे काठमाण्डाँै र कञ्चनपुर अनि ४ बजे हुने खेलमा भोजपुर र मकवानपुरबीच प्रतिस्पर्धा हुने एन्फा पाल्पाका उपाध्यक्ष मनोहर थापाले जानकारी दिनुभयो । मंगलबार भएको प्रतियोगितामा काठमाडौँ, झापा र कञ्चनपुर विजयी भएका थिए । 
राष्ट्रिय  प्रतियोगितामा सहभागी कुल २८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ । २८ जिल्ला सहभागी मध्ये १४ जिल्लाको पाल्पा र अर्को १४ जिल्लाको स्याङ्जा वालिङस्थित खेल मैदानमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् । प्रत्येक विधामा उत्कृष्ट खेलाडीले १५ हजार रुपैया“ प्राप्त गर्ने छन् । 
 
 
 
 
आउ“दो वर्ष नेपालमा हुने साफ खेलको तयारीका रुपमा पनि यस प्रतियोगितालाई लिइएको छ । २६ जेठसम्म प्रतियोगिता सञ्चालन हुनेछ । ४० जिल्ला एन्फामा आबद्धता रहे पनि २८ जिल्लामा महिला फुटबल खेलाडी छन् । मोफसलमा हुने राष्ट्रिय प्रतियोगिताका लागि करिब २० लाख खर्च हुने अनुमान आयोजक एन्फाको छ । पुरस्कार, आवास र यातायात खर्च एन्फा केन्द्रले बेहोर्ने र खेल सञ्चालन हुने जिल्लाले प्रतियोगिताको व्यवस्थापन गर्ने एन्फा पाल्पाका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल पाल्पामा  हुने छ ।
पाल्पा र स्याङ्जा दुवै जिल्लामा पहिलो पटक राष्ट्रिय महिला फुटवल प्रतियोगिता भएकाले पनि दर्शकको निकै भीड बढेको छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal