जेष्ठ नागरिकलाई सम्मान

shreenagarfm

सुनिल कार्की 
पाल्पा, जेठ १८, वडा नागरिक मञ्च साविक तानसेन १२ ले जेष्ठ नागरिक अपाङ्ग, एकल महिला र पुरुषलाई सम्मान गरेको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोग र वडा नागरिक मञ्चको समन्वयमा कार्यक्रम भएको हो । ७० वर्ष उमेर माथिका जेष्ठ नागरिक, अपाङ्ग एकल महिला र पुरुष गरी ११७ जनालाई सम्मान गरिएको हो ।
 
 
 
 
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका लेखा अधिकृत कौशलराज घिमिरेले जेष्ठ नागरिकप्रति वडा नागरिक मञ्चले गरेको सम्मानको प्रशंसा गर्दै अरुमा निर्भर हुनुपर्ने जेष्ठ नागरिकलाई सम्मान गर्दा उनीहरुको आत्मवल बढ्ने बताउनु भयो ।  
कार्यक्रममा सहभागी वडा नागरिक मञ्चका  सदस्य, स्थानीय समाजसेवी लगायतले यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका थिए । वडा नागरिक मञ्चका सह संयोजक नरबहादुर विक, जेष्ठ नागरिक  प्रतिनिधि जनकबहादुर कार्की, राजनैतिक दलका प्रतिनिधि लगायतको कार्यक्रममा सहभागीता थियो । सामाजिक परिचालिका शर्मीला कार्कीको सहजीकरण, राजु खड्काको संचालनमा भएको कार्यक्रमको वडा नागरिक मञ्चका संयोजक केशव कुमारी रावलले अध्यक्षता गर्नुभएको थियो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal