सर्याे चुनाव, बढ्यो खर्च

shreenagarfm

पाल्पा, जेठ १८ 
यही जेठ ३१ मा हुने भनिएको स्थानीय तहको दोस्रो चरणको चुनाव सरेर असार १४ मा पुगेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय गरेको हो । यस अघि जेठ ३१ बाट असार ६ मा चुनाव गराउने निर्यण भए पनि ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिनु पर्ने भएकाले असार १४ गते निर्वाचन सारिएको सरकारले जनाएको छ । 
राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गरेको हो । चुनावको मिति सरेसँगै उम्मेदवारको खर्च पनि बढेको छ ।  प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र पारेका उम्मेदवारहरुले कार्यकर्ता परिचालन, सम्पर्क कार्यालयको संचालन लगायतका क्षेत्रमा थप खर्च गर्नुपर्ने भएको हो । प्रचारकै लागि सया“ै कार्यकर्तालाई मोटरसाइकल र गाडीमा हिँडाएका उम्मेदवारले तेल खर्च, गाडी भाडा र उनीहरुलाई खाना नास्ताकै लागि हजारौँ खर्च बढेको गुनासो गरेका छन् ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal