पानीको समस्या चुनावी नारा बनेपछि उपभोक्ता समितिले भन्यो पानी ल्याउने काम अन्तिम चरणमा छ

shreenagarfm

पाल्पा, जेठ २९ 
तानसेन खानेपानी उपभोक्ता समितिले कालीगण्डकी खानेपानी आयोजनाको पछिल्लो गतिविधिको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । स्थानीय तहको निर्वाचनमा नगरका उम्मेदवारले कालीगण्डकी खानेपानी आयोजनालाई चुनावी घोषणा पत्रमा राखेर जस लिन खोजेको भन्दै समितिले पत्रकार सम्मेलनमार्फत अबको १८ महिना भित्र रानीघाटबाट कालीनदीको पानी तानसेनमा ल्याउने गरी कामको प्रकृया अघि बढेको जनाएको हो ।  
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उपभोतmा समितिका अध्यक्ष चकोरमान शाक्यले चुनाव जिते रानीघाटको पानी तानसेनमा ल्याउ“छु भनेर उम्मेदवार र राजनैतिक पार्टीका नेताले भाषण गर्न थालेको भन्दै ५ वर्षको अथक प्रयासबाट उपभोतmा समिति नै पानीको समस्या टार्न सक्षम भएको बताउनुभयो । रानीघाटको पानी ल्याउने कामका लागि ठेकेदार कम्पनीस“ग २५ करोड १९ लाख ९६ हजार बढीको टेन्डर भैसकेको र आवश्यक बिजुलीको लागि पनि २ करोड ३५ लाखको टेन्डर सम्पन्न भएको उहाँको भनाइ छ । भुल्के, सिस्ने लगायतका पुराना पानीका मुहानलाई मर्मत सम्भार गर्देै रानीघाटबाट पानी ल्याउँदा तानसेनबासीलाई प्रसस्त पानी पुग्ने अध्यक्ष शाक्यले जानकारी दिनुभयो । रानीघाटबाट कालीनदीको पानी ल्याउने योजना सम्पन्न हुँदा तानसेनमा दैनिक ३० देखि ३५ लाख लिटर पानी आपूर्ति हुने समितिका उपाध्यक्ष डाक्टर पुरन बज्राचार्यले जानकारी दिनुभयो । अहिले  दैनिक ३० लाख लिटर पानीको माग भएपनि दैनिक ८ लाख लिटर मात्रै आपूर्ति ह“ुदा तानसेनमा पानीको अभाव भएको हो । रानीघाटको पानी तानसेनमा ल्याउ“नका लागि नगरका २७ सय घरधुरीबाट एक हजारका दरले पैसा उठाउने काम भैरहेको उपाध्यक्ष बज्राचार्यले बताउनुभयो ।
मासिक ७ लाख  घाटा बेहोरेको तानसेन खानेपानी उपभोतmा समितिले गएको फाुगन १ गतेदेखि पानीको मूल्यमा समायोजन गरेपछि अहिले मासिक ४१ हजार मात्रै घाटा रहेको समितिका कोषाध्यक्ष भिमसेन कार्कीले बताउनु भयो । पानीमा रहेको चुहावट कमगर्ने प्रयास भैरहेको भन्दै समितिले मोटर लगाएर पानी तान्ने, मिटर बिगार्ने र महशुल नतिर्ने उपाभोतmालाई कारवाही गर्ने चेतावनी दिएको छ । अनुगमनको क्रममा २६३ धारामा पानीको महसुल शून्य आएको भन्दै समितिका कोषाध्यक्ष कार्कीले यस्ता धेरै नराम्रा काम भैरहेकाले निगरानी बढाउन दुई जना कर्मचारी थपिएको बताउनुभयो । पानी नियमित रुपमा रुटिङ बनाएर बितरण गर्न बिजुलीको समस्याले गर्दा असमर्थ भएको भन्दै उपभोतmा समितिले बिजुलीबाटै  पानी तान्न्नुपर्ने भएकाले पानीको मूल्य केही बढी भएको जनाएका छन् । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर उत्सव पोख्रेलले पानीको गुणस्तर परीक्षण गरेर खानका लागी योग्य बनाएर मात्रै ल्याइने बताउनुभयो । उपभोतmा समितिका अध्यक्ष चकोरमान शाक्यको अध्यक्षता र सचिव केशव पौडेलको संचालनमा कार्यक्रम भएको हो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal