तानसेन नगरपालिका सहित पाँच गाउँपालिकामा एमाले र रामपुर नगरपालिका सहित ३ मा काँग्रेस विजयी

shreenagarfm

 
पाल्पा, असार १९
८ गाउँपालिका र दुई नगरपालिका गरी १० स्थानीय तह रहेको पाल्पामा तानसेन नगरपालिका र पाँच गाउँपालिका गरी ६ स्थानीय तहमा  नेकपा एमाले विजयी भएको छ । रामपुर नगरपालिका र ३ गाउँपालिका गरी चार स्थानमा नेपाली काग्रेस विजयी भएको छ । नेकपा एमाले तानसेन नगरपालिका सहित तिनाउ गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा विजयी भएको हो ।  नेपाली काँग्रेस रामपुर नगरपालिका सहित माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकामा विजयी भएको छ ।
एमाले विजयी स्थानहरु
नगरपालिकामा
तानसेन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका असोक कुमार शाही मेयर पदमा विजयी हुनुभएको हो । उपमेयरमा एमालेकै लक्ष्मी पाठक विजयी हुनुभयो । मेयर पदमा विजयी शाहीले १०,४,५० मत प्राप्त गर्नुभएको  छ भने उपमेयर पदमा विजयी पाठकले ९,७,५३ मत प्राप्त गर्नुभएको छ । मेयर पदमा विजयी शाही तानसेन नगरकै पूर्व मेयर हुनुहुन्छ । मेयर पदमा प्रतिस्पर्धी नेपाली काँग्रेसका अजयमान कर्माचार्यले ८,०,६७ मत पाउनुभएको छ भने उपमेयरपदमा प्रतिपस्र्धी काँग्रेसकै लालकुमारी रानाले ८,३,८९ मत पाउनुभएको छ ।
गाउँपालिकामा
तिनाउ गाउँपालिकाको अध्यक्षमा एमालेका ओमबहादुर घर्ती मगर विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेकै दमयन्ति थापा विजयी हुनुभएको छ । अध्यक्ष घर्तीले २,८,१९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र पाण्डेले २,७०७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी थापाको २८७५ मत आउँदा प्रतिस्पर्धी काँग्रेसकी मन कार्कीले २६८६ मत प्राप्त गर्नुभएको       छ  ।
पूर्व खोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापा विजयी हुनुभएको छ । थापाले ८,८,३६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली काँग्रेसमा झमनराज मगरले १०३२ मत पाउनुभयो । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराई विजयी हुनुभएको छ । ५४३१ मत पाएर भट्टराई विजयी हुदा प्रतिस्पर्धी नेपाली काँग्रेसकी पुष्पा गाहाले १,१४३ मत प्राप्त गर्नुभयो ।
निस्दीगाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मुतmबहादुर सारु अध्यक्षमा विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै रिताकुमारी अर्याल विजयी हुनुभएको हो । अध्यक्ष सारुले ५,३२० मत र उपाध्यक्ष अर्यालले ५,३,६५ मत प्राप्त गर्नुभएको छ । काग्रेस माओवादी गठबन्धनबाट अध्यक्षमा प्रतिस्पर्धी सालिकराम पाण्डेले २,२६५ र उपाध्यक्षमा प्रतिस्पर्धी माओवादी केन्द्रका बलु गैरेले २,१,८५  मत प्राप्त गर्नुभएको छ । रम्भा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ विजयी हुनुभएको हो । अध्यक्ष भण्डारीले ४,७,६७ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा विजयी श्रेष्ठले ४,८०४ मत पाउनुभएको छ । अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली काँग्रेसका असोककुमार फालले ४,०९८ र उपाध्यक्षकी प्रतिस्पर्धी काँग्रेसकी विष्णुकुमारी सिंजालीले ४,१,२२ मत प्राप्त गर्नुभएको छ ।
रिब्दीकोट गाउ“पालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष पदका उम्मेदवार नारायणबहादुर जिसी विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजयी हुनुभयो । अध्यक्ष जिसिले ३,८,०३ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष खनालले ३,८,८१ मत पाउनुभयो । प्रतिस्पर्धी माओवादी केन्द्रका लिलाबहादुर कार्कीले २,८,४८ मत पाउनुभयो । उपाध्यक्षमा प्रतिस्पर्धी नेपाली का“ग्रेसकी कमला छहरीले २,८,९९ मत पाउनुभएको छ । कुल ९,८,४९ मत खसेको रिब्दीकोटमा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
का“ग्रेस विजयी स्थानहरु
नगरपालिकामा
रामपुर नगरपालिकामा  नेपाली का“ग्रेस विजयी भएको छ । काँग्रेसबाट मेयर पदका उम्मेदवार रमण थापा विजयी हुनुभएको हो । थापाले ८,८,८५ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा पनि नेपाली काँग्रेसकै विष्णुदेवी घिमिरे (आचार्य ं) विजयी हुनुभयो । घिमिरेले ८,५,२८ मत प्राप्त गर्नुभएको छ । मेयर पदमा प्रतिस्पर्धी नेकपा एमाले र माओवादी केन्द्रका संयुतm उम्मेदवार नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ७,६,७६ र उपमेयर पदमा प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गादेवी रानाले ७,९,२४ मत प्राप्त गर्नुभयो । रामपुर नगरपालिकामा १७,२,३८ मत खसेको थियो ।
गाउँपालिकामा
माथागढी गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष , उपाध्यक्ष सहित ८ वटै वडामा विजयी भएको छ । अध्यक्षमा सन्तोष थापा मगर र उपाध्यक्षमा निर्मला भट्टराई विजयी हुनुभएको हो ।  विजेता थापाले ६०९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका विमलप्रसाद काफ्लेले ४०२१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विजयी भट्टराईले ५६२४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी मायाचिदिले ४१०१ मत प्राप्त गर्नुभएको छ । 
रैनादेवीछहरा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । रैनादेवी छहरा गाउँपालिकामा काँग्रेसबाट अध्यक्षका उम्मेदवार रामबहादुर कार्की विजयी हुनुभएको हो । उपाध्यक्षमा काँग्रेसकै चित्रकुमारी थापा (चेतना) विजयी हुनुभएको हो । अध्यक्ष कार्कीले ५,१,४६ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षले ५,३,२० मत प्राप्त गर्नुभएको छ । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ४,९,४३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षका प्रतिस्पर्धी एमालेकी गोमा बगालेले ४,७,७२ मत प्राप्त गर्नुभएको छ । १७,६०० मत रहेको रैनादेवी छहरा गाउँपालिकामा १२,७,८४ मत खसेको थियो ।
बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार कृष्णप्रसाद बस्याल विजयी हुनुभएको हो । नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको काँग्रेसले अध्यक्षमा ५,५,९४ मत ल्याएर विजयी भएको हो । उपाध्यक्षमा भने नेकपा एमालेकी सरस्वती चिदी विजयी हुनुभयो । चिदीले ५,५,५५ मत ल्याउनुभएको छ । अध्यक्षमा प्रतिस्पर्धी नेकपा एमालेका देबी बस्यालले ५,३,४६ मत पाउनुभएको छ । 
नेपाली काँग्रेससँग तालमेल गरी उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका माओबादी केन्द्रका कृष्ण भुषालले ४०५६ मत पाउनुभयो । 
अध्यक्षमा पराजित देवी बस्याल नेकपा एमालेको पुर्व जिल्ला अध्यक्ष हुनुहुन्छ ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal