सक्छौ जागीर नखाऊ, सक्तैनौ जागीर खाऊ तर झण्डामुनि बस, दरबारमा नपस

 

निर्मल श्रेष्ठ

 

 

 

 

 

 

थापाहरु माथि षडयन्त्र हुन थालेको छनक पाएर रणवीरसिंह थापा सतर्कहुन थालका थिए ।  घरेलुकलहलाई यिनले गौण लिनु पर्छ भन्दैराष्ट्रिय स्वार्थभन्दा माथि घरेलुस्वार्थलाई स्थान दिनु हुँदैन भन्ने यिनको मान्यता थियो । गृह कलह बढन थाले पछि आप्mना दाजु भीमसेन थापालाई राज्यको सम्पूर्ण कार्यभार राजा कै हातमा दिनु पर्छ भनी सल्लाह दिएका थिए । तर यी कुराहरुलाई भीमसेन थापाले गम्भिर रुपमा लिएनन् । एकातिर गृह कलह अर्कोतिर सानै उमेरदेखि सन्त शशिधरको आश्रममा रणवीरसिंह थापाले बाह्र वर्ष बसी शिक्षा दिक्षा पाएका थिए । यिनै दुई कारणले यिनी वैराग्यतिर ढल्कन थाले । 

 
 
 
वि.सं.१९०७ सालमा श्री ३ जंगबहादुर राणावेलायत गएर फर्के पछि लौकिक रुपमा प्रायश्चित गर्न बनारस पुगेका थिए । त्यहाँ उनले आमाका कान्छा बाबु रणवीरसिंह थापा र उनका छोराहरु बखतावरसिंह थापाका छोरा तिलविक्रम थापा र माथवरसिंह थापाका छोराहरु भेटेका थिए । रणवीरसिंह थापा जो स्वामी अभयानन्दको रुपमा बनारसमा जीवन बिताइ रहेका उनलाई पनि भेटे । स्वामी अभयानन्द बनी बनारसमा बसिरहेका रणवीरसिंह थापालाई श्री ३ जङ्गले नेपाल फर्कन खूबै जिद्दी गरे तर तिनले नेपाल आउन मानेनन् ।
 
 
 
 
वाणिज्य–व्यवसाय गरी जीवन निर्भाह गरी बसेका रणवीरसिंहका छोराहरु, वख्तावरसिंह थापाका छोराहरु र माथवरसिंह थापाका छोराहरुले जंगबहादुरको आग्रहलाई अनादर गर्न सकेनन् । नेपाल आउने मौका पनि गुमाउन चाहेनन् । तिनीहरुले स्वामी अभयानन्दसग नेपाल जाने आज्ञा मागे पछि उनले “सक्छौ जागीर नखाऊ, सक्तैनौ जागीर खाऊ तर झण्डामुनि बस, दरबारमा नपस” भनेर अर्ती दिए । उक्त अर्तीमा तत्कालीन नेपालको राजनीति परिदृश्य खामिनुका साथै भीमसेन थापाको पतन र थापाहरुले बेहर्नु परेको सकसलाई औंल्याउँदै आगामि दिनमा दरबारदेखि हनु पर्ने सजक र सतर्कतालाई इङ्गित गरेका थिए । अर्तीलाई शिरोपर गरीनेपाल आएका रणवीरसिंह थापाका छोराहरुले नेपाल आएर कपडा र जुत्ताको व्यापार गर्न थाले । तर सफल हुन सकेनन् । आखिर उनीहरुलाई नोकरी गर्न कर लाग्यो । बख्तावरसिंह थापाका छोरा काजी तिलविक्रमलाई जंगबहादुरले सधै आप्mनो साथमा राखे भने माथवरसिंह थापा र रणवीरसिंह थापाका छोराहरुलाई कर्णेल, सरदार, काजी जस्ता पदहरु दिएर राखेका थिए ।
रणवीरसिंह थापा जो स्वामी अभयानन्द प्रथम बनेका थिए उनी मुख्तियार भिमसेन थापाका सहोदर कान्छा भाइ थिए । कम्पनी सरकार र नेपाल बीच भएको युद्धका ओझेलमा परेका चरितनायक रणवीरसिंह थापा थिए । साना काजी अमरसिंह थापाका जेठी मुख्यानी सत्यरुपाको कोखबाट जन्मेका भीमसेन थापा, नैनसिंह थापा, बख्तावरसिंह थापा, अमृतसिंह थापा, रणवीरसिंह थापा लगायत कान्छी मुख्यानीको कोखबाट जन्मेका रणवम थापा र रणध्वज थापा सहितसात भाइ छोराहरु मध्ये जेठी मुख्यानी सत्यरुपाको कोखबाट जन्मेका रणवीरसिंह थापा कान्छा छोरा थिए । अत्रि गोत्रका बगाले थापा वंशका रणवीरसिंह थापाको जन्म पत्रिकामा ः ‘...विक्रम १८४७ सालि वाहन शकः १७१२ चन्द्रा आषाढाधिक शरल्क दशभ्यां भौमे गत १२ कान्तिपुराधिवासिनः श्री श्री श्री अमरसिंह नामधेयस्य विवाहित पत्न्यां श्री सत्य रुपा देव्यां पुत्र रत्नमजनिः तस्याभिधानं श्री श्री श्री थापा रणवीर नामा दीर्घायु’ भन्ने लेखिए अनुसार उनको जन्म वि.सं.१८४७ साल आषाढ १२ गतेका दिन भएको देखिन्छ । 
नेपालका राजदरबारमा प्रचीनकालदेखि नै सिद्धहरुमा श्रद्धा र आदर हुने गथ्र्यो । त्यसताका दरबारको तन्त्र पनि अध्यात्म विद्यातिर कोल्टे फेरेको थियो ।
 
 
 
 
 
 
वि.सं. १८२६–२७ तिर जगन्नाथको यात्राबाट फर्केर काठमाडौं पुगेका सन्त शशिधरले पृथ्वीनारायण शाहलाई भेटेपछि उनकोे सत्संगबाट पृथ्वीनारायण शाह प्रभावित भएका   थिए । उनै शशिधरसित दीक्षित भएर रणबहादुर शाह स्वामी निर्वाणानन्द बनेका थिए । जोसमनी सम्प्रदायमा दीक्षित भए पछि नामको अन्त्यमा ‘दास’ जोड्ने प्रचलन थियो तर रणबहादुर शाहको नाममा दास जोड्नु शाही मर्यादाको विपरित हुने भएकोले सन्त शशिधरले विशेष व्यवस्था गरी दासको सट्टामा ‘आनन्द’ जोडी दिएका थिए । दरबारमा चलेको श्रद्धाको असर भाइ भारदारहरुमा पर्नु स्वभाविक नै थियो । रणबहादरका धर्मपुत्र बनेका साना काजी अमरसिंह थापाको मनमा पनि गुल्मी रेसुङ्गामा रहेका शशिधरसँग सत्संगत गर्न ईच्छा जागेको थियो । साथै आप्mना कान्छा छोरा रणवीरसिंह थापालाई अध्यात्म विद्यामा दीक्षित गराइ दरबारमा प्रतिष्ठि गराउने मनसुवा थियो । त्यसबखत रेसुङ्गाको ख्याति निकै बढेको थियो । छोरा रणवीरसिंह थापालाई सन्त शशिधरको मठ रेसुुङ्गामा राखी आपूm युद्धतिर लागे । तेह्र वर्षको उमेरमा शिक्षा लिन पुगेका रणवीरसिंह थापा बाह्र वर्षसम्म अध्ययन गरी २६ वर्षको उमेरमा उनी त्यहाँबाट फर्केर आएका थिए । पाटन दरबारमा थुनिएका पृथ्वीपाल सेन पनि रणबहादुर शाहको हत्याको कसुर लागेर काटिए पछि पाल्पाराज्य नेपाल अधिराज्यमा विलय हुन गयो । आप्mना पिता साना काजी अमरसिंह थापालाई भीमसेन थापाले शासक बनाएर वि.सं. १८६३ साल बैशाखमा पाल्पा पठाए । यसरी थापाहरुको अभ्युदय र आप्mना बाबु पाल्पाको शासक बनेर आए पछि सन्त शशिधरका चेला रणवीरसिंह थापा वि.सं. १८६५मा योगभ्रष्टको रुपमा पाल्पा आई पुगे । सोही साल उनको नैनकुमारीसँग विवाह भयो । नैनकुमारीको कोखबाट शेरविक्रम, युद्धविक्रम, शमशेर जङ्ग, भीमविक्रम र रघुविक्रम पा“च भाइ छोराहरुको जन्म भयो । वि.सं.१८७१ सालदेखि सैनिक सेवामा प्रवेश गरेका रणवीरसिंह थापामा अन्तर्निहित कुशाग्र बुद्धि, पराक्रम र कुटनैतिक ज्ञान भएकोले उनी फुल जनेरलको पदसम्म  पदान्नति भएका थिए । रणवीरसिंह थापालाई ‘फुल जनेरल’ र ‘छोटा जनेरल’ भन्ने पनि गरिन्थ्यो । 
 
 
 
 
 
 
 
राज्यविस्तारको क्रममा नेपाललाई कर तिर्दै आएको आश्रित राज्य सिक्किम विद्रोही बनेको थियोे भने बेतियाका राजा हरसिंहदेवले त्यताको भू–भाग टुक्रयाउन खोज्दैे थियो । साथै बारा जिल्लाका किशन तेली र पाल्पाराज्य नेपाल अधिराज्यमा विलय भए पछि पृथ्वीपाल सेनका कान्छी महारानी, छोरा रत्नसेन र सेनहरुका गुरु एवम् सल्लाहकार कनकनिधि तिवारी लगायत दिवानसिंह पटवारी र हर्षदेव जोशीहरु पनि विद्रोहीको लाममा लामवद्ध हुन पुगेको बखत पूर्वको एकसय बाइस गाउ“हरु तथा बुटवलर स्यूराजको खिचिलो निकाली २५ दिन भित्र नेपालले ती भू–भागहरु नछोडे कम्पनी सरकारले ती भू–भागमा अधिकार गर्ने छ भनेर वि.सं. १८७० सालको फागुनमा नेपाललाई हाँकपत्र लेखी पठाए । तर कम्पनी सरकारको नियत जसरी भएपनि आप्mनो दुनो सोभ्mयाउनु थियो । नेपालले जवाफ पठाउन तरखर गर्दा गर्दै वि.सं. १८७१ बैशाख १०का दिन कम्पनी फौजले बुटवल कब्जा ग¥यो । पाल्पा गौडाको तैनाथवाला साना काजी अमरसिंह थापाले वि.सं. १८७१ साल जेठ १७ गते हमला गरी बुटवल फिर्ता लिए । युद्धको ज्वाला झनै दन्कियो । त्यसैबखत वि.सं. १८७१ साल असोज महिना महाष्टमीका दिन साना काजी अमरसिंह थापा पाल्पामा परलोक भए । आप्mनो हजुर बुबा अमरसिंह थापा परलोक भएको बीस दिनका दिन कार्तिकको २६ जाँदा कर्णेल उजीरसिंह थापालाई तैनाथवाला बनाइ काठमाडौंबाट पाल्पा पठाइए । यसै गरी रणवीरसिंह थापालाई पर्सा समनपुरतर्फ खटाइयो । बुबाको कृया सकी मार्ग १३ गतेका दिन रमाना भए । कम्पनी सरकारसँग भएको युद्धमा कम्पनी सरकारलाई परास्त गर्नमा रणवीरसिंह थापाको महत्वपूर्ण योगदान रहेको छ । वि.सं. १८७२ साल फागुन वदि १० का दिन रणवीरसिंह थापा लगायत प्राणशाह, बख्तावरसिंह थापाले हेटौडा विछ्याखोरीमा अँग्रेजसँग भएको युद्धको विवरण मकवानपुर गढीबाट श्री ५ लाई लेखेको अर्जीपत्रको बोलले रणवीरसिंह थापा युद्ध भूमिमा कति लगनशील थिए भन्ने पुष्टि हुन्छ । साथै युद्ध पछि पनि सामरिक बन्दोबस्तमा उनको लगनता कति थियो भन्ने कुरा मकवानपुरमा किल्ला बनाउन युद्धविद्, राजजोतिषी भागिरथ जैसीलाई वि.सं. १८७५ साल भाद्र शुदि १३ रोज १मा लेखेको पत्रले पुष्टि हुन्छ । 
वि.सं. १८७७ सालको आखिरतिर चीनसँग नेपालको मैत्री सम्वन्ध बलियो पार्न राजदूत भएर ल्हासा खटिएका थिए । राजा र मन्त्रीको आज्ञा पालन गर्दै यिनले चीनका बादशाहलाई विश्वासमा लिएका थिए । यसले गर्दा  चीनका बादशाहबाट ३६ हजार नेपाली रुपैयाँ र अमूल्य ज्वाराहतले जडित मयुरको कल्कीलागेको रातो गजुरे चीनिया टोपी एवम् रत्न जडित क्वाच भीमसेन थापालाई उपहार पठाएका थिए । यिनी ल्हासामा राजदूत भएर पाँच वर्ष जति बसेका थिए । ल्हासा बस्दाखेरि उनीमा बौद्धधर्मको प्रभाव परेको देखिन्छ । सोही श्रद्धा अनुरुप आप्mनो लगनको घरमा चैत्य निर्माण गरेका थिए भन्ने भनाइ रहेको छ । थापाहरु माथि षडयन्त्र हुन थालेको छनक पाएर रणवीरसिंह थापा सतर्कहुन थालका थिए । घरेलु कलहलाई यिनले गौण लिनु पर्छ भन्दै राष्ट्रिय स्वार्थभन्दा माथि घरेलु स्वार्थलाई स्थान दिनु हुँदैन भन्ने यिनको मान्यता थियो । गृह कलह बढन थाले पछि आप्mना दाजु भीमसेन थापालाई राज्यको सम्पूर्ण कार्यभार राजा कै हातमा दिनु पर्छ भनी सल्लाह दिएका थिए । तर यी कुराहरुलाई भीमसेन थापाले गम्भिर रुपमा लिएनन् । एकातिर गृह कलह अर्कोतिर सानै उमेरदेखि सन्त शशिधरको आश्रममा रणवीरसिंह थापाले बाह्र वर्ष बसी शिक्षा दिक्षा पाएका थिए । यिनै दुई कारणले यिनी वैराग्यतिर ढल्कन थाले । यही वेला सन्त शशिधर यिनका घरमा आई पुगे । उनीसँगको सत्संगतले रणवीरसिंह थापा सानसारिक व्यवहारदेखि टाढा हुँदै परमार्थतिर उन्मुख हुन थाले । यो काम सबै सन्त शशिधरको हो भनी शशिधरलाई चार भञ्ज्याङ भित्र आउन नपाउने गरी वि.सं. १८८३ सालको आखिरी तिर शशिधर उपत्यका बाहिर पूर्वतिर निकाला गरिदिए । आप्mना गुरुलाई निकाला गरिदिए पछि यिनको मनमा ठूलो चोट प¥यो । यिनी गुरुको खोजी गर्न हिडे । 
थापाहरुको छहारीको रुपमा रहेकी बडामहारानी ललितत्रिपुरासुन्दरीको वि.सं. १८८८ साल चैत्र वदि ११ रोज ३ का दिन स्वर्गारोहण भएको वर्ष दिन पुगेपछि भीमसेन थापाले आप्mना भाइ रणवीरसिंह थापालाई पाल्पाको तैनाथवाला बनाउने कुरा उठाए । श्री ५ राजेन्द्रविक्रम शाहबाट वि.सं. १८९० सालको मार्ग तिर रणवीरसिंह थापालाई जनरली मान पाएपछि उनी तैनाथवाला भएर पाल्पा जा“दा आप्mनो तैनाथी खान्गीमा नियुक्त गरी जेठा छोरा शेरविक्रम थापालाई पनि साथ लगेका थिए । रणवीरसिंह थापा पाल्पाको तैनाथवाला भएर जा“दा पाल्पा लगायत सम्पूर्ण पश्चिम नेपालकोजंगी तथा निजामतिको सम्पूर्ण अधिकार दिइएको थियो । तर न्यायिक प्रशासनमा भने केन्द्रमा साध्नु पर्ने व्यवस्था श्री ५ राजेन्द्रले रणवीरसिंह थापालाई लेखेको पत्रहरुबाट पुष्टि हुन्छ । पाल्पाको प्रशासनको काम उनीस“ग गएका आप्mना जेठा छोरा शेरविक्रम थापाले नै गर्थे भने शेरविक्रमले गर्न नसकेका कामहरुमा मात्र रणवीरसिंह थापाले सघाउने  गर्थे । अरु वेला उनी योगाभ्यास र धार्मिक कार्यमा समय बिताउथे । बडामहारानी त्रिपुरासुन्दरीको मृत्युपछि चारवर्षसम्म त थापाहरु माथि कुनै व्यवधान आई परेन । त्यसपछि थापाहरुको अवनतिका दिनहरु शुरु हुन थाल्यो । यसको प्रत्येक्ष प्रभाव भीमसेन थापामा देखियो । वि.सं. १८९४ साल जेष्ठ महिनामा रणवीरसिंह थापालाई नेपाल आउनु भन्ने मोहर भएपछि  पाल्पाको कार्यभार छोरा शेरविक्रम थापालाई बुझाई, पजनीको आशंका बोक्दै उनी आषाढ २० गते काठमाडौं पुगेका थिए । शिशु देवेन्द्रविक्रम शाहको भातखुवाइ भएको दुई चार दिनदेखि विरामी परेर मृत्यु हुन गयो ।
 
 
 
 
 
 
 
विष खुवाएर मृत्यु भएको भन्ने अपजसको मोहरी भीमसेन थापा र रणवीरसिंह थापा तिर सोझियो । विष खुवाएको वात लागि भीमसेन थापा र रणवीरसिंह थापालाई नेल, गलफन्दी र हतकडी ठोकियो । अधिकार सबै खोसिएर प्राइमिनिस्टरी पद रणजङ्ग पाण्डेको पोल्टोमा पुग्यो ।
विष मुद्दा मत्थर भई कार्तिक महिनाको आखिरी तिर नेल गलफन्दी काटिएर भीमसेन थापा र रणवीरसिंह थापा जेलबाट छुटे । रणवीरसिंह थापा जेलबाट छुटेर लगनको सिलखाना निर भएको आफ्नो घरमा पुग्दा घरमा तालावन्दी सिल मारेको देखेपछि बगलको ओखरको बोट मुनि मृगको छाला ओछ्याइ वैरागी भैm थुचुक्क बसे । रणवीरसिंह थापा जेलबाट छुटेको चारै दिनमा शशिधर स्वामी रणवीरसिंह थापालाई भेट्न आई पुगे । भोली पल्टदेखि नै रणवीरसिंह थापा जोगी बन्ने तरखरमा लागे । चाँदै नै उनको शिखा सूत्रको विजय होम भयो । अनि स्वामी अभयानन्द भन्ने छोटो नाम एवम् श्री मत्परहंसपरीव्राजकाचार्य स्वामी अभयानन्द गिरी भन्ने पद ग्रहण गरेर सन्यास पदमा गुरुमुखी भए । 
रणवीरसिंह थापा स्वामी अभयानन्दको रुपमा हरिहरपुरदेखि त्रिवेणीसम्मका चुरे पहाडहरुमा र तराईको भावर क्षेत्रमा विचरण गर्दैै उनको पछिल्लो पडाव बनारस दुर्गाकुण्डमा भयो । श्री ३ जङ्गबहादुरले केही पैसा पठाइ दिएकोले बनारसमा भण्डारा गराउने मन गरेका थिए । तर कस्तो बिडम्वना सम्पूर्ण सानसारिक लोभ मोह छोडेर संन्यास धारण गरेकोहरुमा पनि कस्तो राग ? रणवीरसिंह थापालाई नेपाली साधुको हातबाट मुडिएकोले पंक्तिभेद गरी हरिद्धारमा मुडिइने स्वामी संप्रदायले उनको भण्डारा ग्रहण गर्न आनाकानी गरेका थिए । तर उनले जलस्नान गर्दा जुन चमत्कार देखाए त्यसले तिनको महावाक्यका ब्रह्म–सिद्धान्तहरु भन्दा यस्ता चमत्कारी कर्मको चर्चा चल्न गयो । यसको प्रभावले बनारसका साधु महात्माहरुले रणवीरसिंह थापा, अभयानन्दको भण्डारा स्वीकार गरेका थिए । रणवीरसिंह थापा ७२ वर्ष ५ महिना उमेरका हुँदा वि.सं.१९१९ साल मार्ग सुदि द्वादशीको दिन अनन्तविश्राम लिए । उनको पार्थिव शरीरलाई सबै साधु सन्तहरु जम्मा भएर सन्दुक भित्र समाधिस्थ गरी बनारसको ललितघाटको जल प्रवाहमा प्रवाहित गरिदिए । यिनको भौतिक शरीर ता जल प्रवाहमा प्रवाहित भयो तर उनको धार्मिक साहित्यको वाङ्मयमा जुन योगदान थियो, ती अहिले पनि जीवन्त रहेका छन् । ध्यानयोग, मन्त्रयोग, लक्ष्ययोगं र वासनायोग नामक चार पुस्तकको रचना गरेका उनले ज्ञानमार्ग र भक्तिमार्गलाई सँगसँगै लिएर जीवन र जगतको गहन विश्लेषण गरी रचना गरिएकोे ६१ वटा नेपाली र सधुक्कडी हिन्दी भाषा मिश्रित भजनहरु रहेका छन् । स्वामी अभयानन्द प्रथमलाई टाढा राख्न नसकिने अर्को एउटा पक्ष छ त्यो नेपाल भाषाको वाङ्मयमा उनको योगदान हो । स्वामी अभयानन्दले धेरै नेपाल भाषामा भजनहरुको रचना गरेका छन् । त्यसमध्ये प्रकाशमा आएका तीनवटा भजनहरु हृदयस्पर्शिछन् । उक्त भजनहरुमा एउटा भजनमा आप्mनो जीवनलाई साट्दै उनले अनादि, अनन्त, अनाम, अज्ञात ब्रह्म अर्थात् हरिको नाम भुल्दा आप्mनो जीवन व्यर्थ भई समाप्त भएको अनुभूतिलाई विस्तार गरेका छन् । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal