पाल्पा महोत्सवको आयव्यय सार्वजनिक

shreenagarfm

डोलबहादुर विक
पाल्पा, असार ३१
पाल्पा महोत्सब २०७३ को आम्दानी खर्च सार्वजनिक भएको छ । पाल्पा उद्योग वाणिज्य संघले मंगलवार तानसेनमा एक कार्यक्रमको आयोजनागरी गत फागुन १२ देखि २२ सम्म भएको पाल्पा महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेको हो । महोत्सव बाट ६८ लाख ४९ हजार ७ सय ८८ रुपैयाँ बचत भएको संघले जनाएको छ ।
संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले मेलामा कुल १ करोड ४३ लाख ९४ हजार ४ सय १५ रुपैयाँको कारोबार भएकोमा ७५ लाख ५४ हजार ६ सय २६ खर्च र ६८ लाख ४९ हजार ७ सय ८८ वचत भएकोे जानकारी दिनुभयो ।
खर्च सार्वजनिक कार्यक्रमका प्रमुख अथिति पाल्पा जिल्ला अदालका न्यायाधिस भरतमणि खनालले पाल्पा उद्योग वाणिज्य संघले पारदर्शी रुपमा आम्दानी खर्च सार्वजनिक गरेको भन्दै लोकतन्त्रमा पारदर्शीता आवश्यक रहेको बताउनुभयो । लोकतन्त्रको गहना भनेकै पारदर्शीता भएको भन्दै न्यायाधिस खनालले  महोत्सवबाट भएका आम्दानीलाई सही ठाउँमा सदुपयोग गर्न आग्रह  गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरी रायमाझी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।  
महोत्सवबाट भएको बचतबाट संघको बहुउद्देश्यीय भवन निर्माणका लागि ४० प्रतिशत, पर्यटन प्रवद्र्धनमा १५, सचिवालय व्यवस्थापनमा ३० प्रतिशत, स्वर्ण महोत्सवका लागि १० र टुँडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने संघले जनाएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ भन्ने मुल नाराका साथ पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा ११ औ संस्करणका रुपमा पाल्पा महोत्सव भएको थियो ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal