३० वर्षदेखि पहाडमा पढाएका मधेशको शिक्षक नाउ पहाडीया भइसके

shreenagarfm

 

 

भन्छन् “पर्दा पछाडि मेरो आवाज सुन्नेले मलाई मधेशी भन्दैनन् ।”

 
 
देव पचभैया
पाल्पा,  असार २९ 
रुपन्देही मधुवनी ७ का ५२ वर्षीय राधेश्यामप्रसाद नाउले  पाल्पा र स्याङ्जाका ५ वटा विद्यालयमा गरी ३० वर्षदेखि पढाइरहनुभएको छ ।
अहिले दिव्य ज्योति मावि कसेनी पाल्पामा गणित विज्ञान विषयका स्थायी  शिक्षक रहनुभएका नाउ भन्नुहुन्छ “पछाडीबाट  मेरो आवाज सुन्नेले मलाई मधेशी भन्दैनन्, अनुहार हेर्नुपर्छ ।” 
२०५२ सालको आयोगमा सामेल नाउ २०६० सालमा आएको रिजल्टमा उर्तीण भएपछि स्थायी    हुनुभयो । जन्म घर मधेशलाई बिर्सिएर विद्यालय नजिकै (पाल्पाको कसेनीमा) नौ आना जग्गा किनेर घर बनाई श्रीमतीको साथमा बस्दै आउनुभएका नाउ आफू पहाडिया भैसकेको  बताउनुहुन्छ । जातीय र क्षेत्रीयताको भावना मानिसले राख्नुहु“दैन, उहा“ भन्नुहुन्छ  “यसरी देशको विकास ह“ुदैन । ”
२२ वर्षको उमेरमा गोरखपुर विश्वविद्यालयबाट बी. एस्. सी. उतीर्ण हुनासाथ २०४३ साल भाद्र १५ गतेबाट पाल्पाको पोखराथोकमा रहेको विष्णु मावि (हाल उच्च मावि) मा पढाउन सुरु गर्नुभयो । २०४९ चैत्र मसान्तसम्म गरी ६ वर्ष उहा“को समय त्यही बित्यो । जुन बेला पहाडमा बी. एस्. सी. र एम.एस.सी. गरेका शिक्षक भेट्न गाह्रो थियो र पहाडियाहरु तराईमा शिक्षक खोज्न जान्थे । पाल्पाकै ताहु“मा पढाउने विश्वविद्यालयस“गै पढेका मधेशी मित्र  बीरेन्द्र सिंगले  उहा“लाई पाल्पा बोलाएका थिए । पढाएबापत मासिक १३ सय ५ रुपियाँ पाउने नाउलाई हटाउ“दा गाउ“का दुई जना शिक्षक राख्न सकिने भन्दै विद्यालयबाट उनी निकालिनुभयो । विद्यालयबाट निकालिएकै अर्को दिन स्याङ्जाका हेड सर नारायण पाण्डे आएर नाउलाई १८ सय दिने कबुलमा लग्नुभएको थियो । २०५० साल वैशाख १ गतेदेखि दुई वर्ष त्यही पढाएका नाउलाई घरपाई नमिलेपछि फेरी पाल्पा स्थित शारदा मावि (हाल उच्च मावि) दमकडामा आउनुपरेको थियो । जहा“ उहा“ले ४ वर्ष (२०५२ देखि २०५५ सालसम्म) पढाउनुभयो । जुन बेला उहा“ले शिक्षक सेवामा परीक्षासमेत दिनुभएको थियो ।
 
 
 
 
 
 
 
त्यहा“बाट  पाल्पाकै सिद्धेश्वरमा रहेको बेदबेदाङ्गना संस्कृत विद्यालयमा  ८ महिना (२०५६ सालमा)  पढाएका नाउ पढाउन छोडेर भारतको डिल्ली हानिनुभयो । १० लाख भारु ऋण खोजेर कपडा सिलाउने उद्योग चलाएका नाउलाई  ३ वर्षको बीचमा चार लाख बढी घाटा भएको सम्झना छ । २०६० सालमा २०५२ मा दिएको परीक्षाको रिजल्ट आउ“दा उहा“ पास हुनुभयो । सोही सालको  मंसिरदेखि हालसम्म दिव्य ज्योति उच्च माविमा पढाउ“दै आउनुभएका शिक्षक नाउ भन्नुहुन्छ “यहाँका  मान्छेको व्यवहार र आत्मियताले गर्दा पहाडिया बनाएको छ ।” त्यसो त पहाड आउँदा उहाँ एक्लै आउनुभएको होइन । २०४३ सालको वैशाख महिनामै  भारतको सिद्धार्थ नगर जिल्लाबाट बिहे गर्नुभएका नाउ श्रीमती उर्मिलादेवी (४४) को साथमा पहाड चढ्नुभएको थियो । दुई छोरा र दुई छोरीलाई पहाडमै जन्माई हुर्काएका नाउ दम्पत्ती अब पहाड नछोड्ने अठोटमा छन् । छोरीहरु माधुरी र सुमनको भारतमै बिहे भैसक्यो । आई.एस.सी. उर्तीण जेठा छोरा विजय अहिले बम्बईमा व्यापार गर्छन् भने नाउकै स्कुलको कक्षा ९ मा पढ्ने  कान्छो छोरा विनय दुई वर्ष अघि नै सरकारी कोटामा नाम निकालेर भारत पढ्न गएका छन्  ।
जेठाले पाल्पाबाटै नागरिकता लिएको हो, राधेश्यामका श्रीमती उर्मिलाले भन्नुभयो “जेठो र कान्छो दुबैले  नेपालमै काम गर्ने भनेका छन् । ”
छिमेकीको संगत र व्यवहारले  माइतीको सम्झना हराएको छ, उर्मिलाले श्रीमान् (शिक्षक रोधेश्याम) लाई हेरेपछि मधेशी लवजमा भन्नुभयो “ पहाडियाको मायाले पिताजीले पाएको जागिर, पहाडियाको माया बिर्सिएर मधेश झर्न सक्दैनौ“ ।” ३० वर्षदेखि राधेश्यामले पढाएका विद्यार्थी अहिले डाक्टर, सरकारी अधिकृत, विद्यालयका प्राचार्य,  पादरी, पत्रकार,  कलाकारदेखि नेता पनि भएका छन् ।  मैले पढाएका धेरैले प्रगति गरेको सुनेको छु, उहाँले उज्यालो मुखमा भन्नुभयो “बेला बेला विद्यार्थी आएर सर म फलानो, हजुरको विद्यार्थी,  यो काम गर्देछु भनेर अगाडि पर्दा धेरै खुसी     लाग्छ ।”
आफू ५ ÷ ६ वर्षको छँदा बुबा गुमाएका राधेश्याम पहाडलाई अभिभावक ठान्नुहुन्छ । मधेशमा त  जन्म मात्रै हो, कर्म मेरो पहाड हो, उहाँ भन्नुहुन्छ “पहाडियाका छोराछोरीलाई पढाएर, पहाडमै मर्ने  मेरा इच्छा छ  ।” सुरुका दिनमा नेपाली भाषा सिक्नै  समय लागेको थियो, राधेश्यामले विगत सम्झिनुभयो “अहिले फेरी मातृ भाषा बिर्सिदै गएको छु । एक नेपालीले अर्को नेपालीलाई सहयोग गरे समग्र देशको विकास हुने कुरामा  जोड दिने  शिक्षक  राधेश्यामले जातीय र क्षेत्रीयताको कुरा नगरी हामी नेपाली हौँ भन्ने कुरालाई ध्यान दिन आग्रह गर्नुभयो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal